ब्रेकिङ न्युज:

सफल भयो कोरोना बिरामीको फोक्सो प्रत्यारोपण

जागरणपोस्ट २७ चैत्र २०७७, शुक्रबार १८:१४

एजेन्सी : जापानमा कोभिड १९ का कारण गम्भीर अवस्थामा पुगेकी एक महिलाको फोक्सो प्रत्यारोपण गरिएको छ । शल्यक्रियामा सहभागी जापानका चिकित्सकहरूले विश्वमै पहिलो पटक जीवित दाताबाट फोक्सो प्रत्यारोपण गरिएको बताएका छन् ।

जापानको क्योटो विश्वविद्यालय अस्पतालमा ३० विशेष चिकित्सकको टोलीले ११ घण्टा लामो शल्यक्रियामा फोक्सोको प्रत्यारोपण सफल पारेका हुन् । ती महिलालाई उनका श्रीमान् र छोराले फोक्सोका तन्तुहरू प्रदान गरेका थिए ।

अहिले महिलालाई आईसीयुमा राखिएको छ भने, उनका श्रीमान् र छोराको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् । जापानको कन्साईको पश्चिमी क्षेत्रकी ती महिलालाई गत वर्ष नै कोरोना भाइरसको संक्रमण भएको थियो । लामो समय गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी ती महिलाको फोक्सो निकै खराब भएपछि प्रत्यारोपण गरिएको हो ।

मस्तिष्कको मृत्यु भएका भन्दा जीवित दाताकै फोक्सो प्रत्यारोपण प्रभावकारी हुने विज्ञहरुको भनाइ छ । गत वर्षको जुनमा अमेरिकी चिकित्सकहरूले कोभिड १९ को बिरामीमा पहिलो पटक फोक्सोको प्रत्यारोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१