ब्रेकिङ न्युज:

लुम्बिनी प्रदेशस्तरीय क्रिकेट : फाइनलमा दाङ र रुपन्देही भिंड्दै

जागरणपोस्ट २७ चैत्र २०७७, शुक्रबार १८:५७

रुपन्देही : लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

भैरहवाको सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर व्याटिङको गरेकोे दाङले ८ विकेटको क्षतिमा १३२ रनको योगफल बनायो । उसका लागि आशिष ओलीले ४० र मनोज पुनमगरले ३६ रन जोडे । बलिङमा रोल्पाका अजय डाँगी, प्रवेश गिरी र किसन भारतीले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङमा रोल्पा १० ओभरमा सबै विकेट गुमाउँदै ४९ रनमै सीमित भयो । उसका लागि प्रवेश गिरीले सर्वाधिक २४ रन बनाए । बलिङमा दाङका आयुष ओली र सुजल ओलीले समान ३÷३ तथा आशिष ओलीले २ र केरमान घर्तीमगरले १/१ विकेट लिए । साथै आशिष ओली म्यान अफ द म्याच भए ।

शुक्रबार नै भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ४ विकेटको क्षतिमा १९० रन बनायो । उसका लागि अमर मिश्राले ६७ र प्रकाश गिरीले ५७ रन बनाए । बलिङमा पाल्पाका नरेश सूर्यवंशी, सुदीप जिसी र सौगात गौतमले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो । उसका लागि रुपेश बश्यालले २६ र सुदीप जिसीले १३ रन बनाए । बलिङमा रुपन्देहीका सेजाद आलम र सुरज खड्काले समान ३÷३ तथा सन्तोष यादवले २ विकेट लिए । साथै अमर मिश्रा म्यान अफ द म्याच भए । उपाधिका लागि दाङ र रुपन्देही शनिबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१