ब्रेकिङ न्युज:

भारतमा करीब डेढलाखमा कोरोना संक्रमण फेला

जागरणपोस्ट २८ चैत्र २०७७, शनिबार १२:०७

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमण दिन–प्रतिदिन भयावह बन्दै गएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयले पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

भारतमा दैनिक एक लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पाँचौँ दिन हो । यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९ र अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ९४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१