ब्रेकिङ न्युज:

दुई तिहाइको सरकार विकेकहीन हुनु बिडम्बना हो : प्रचण्ड

जागरणपोस्ट २८ चैत्र २०७७, शनिबार १३:०३

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजिक नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना भएको बताएका हुन् ।

संविधानसम्मत कुराहरूलाई गलहत्याउँदै असंवैधानिक कुराहरूलाई सरकारले पछ्याइरहेको अध्यक्ष दाहालले बताए । सरकारको बलमा अदालतले अराजकता कायम गरेको उनको आरोप छ । अदालतले अप्राकृतिक निर्णय गरेको बताउँदै उनले अदालत सेटिङमा चल्न थालेपछि न्याय पाउने आशा अहिलेको लागि नभएको टिप्पणी गरे ।

अध्यक्ष दाहालले अहिलेको सरकारले संविधानालाई धुजाधुजा पारेकाले संविधान र लोकतन्त्र रक्षाका लागि आन्दोलनमा जानुको विकल्प नभएको पनि बताएका छन् । उनले प्रधानमन्त्री ओली सरकारमा धेरै दिन नरहने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१