ब्रेकिङ न्युज:

स्वास्थ्य निर्देशन पालना नभए फेरि लकडाउन हुन सक्छ : प्रधानमन्त्री ओली

जागरणपोस्ट २८ चैत्र २०७७, शनिबार १५:००

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्ने बताए ।

उनले कोरोना भाइरसको महामारी फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह पनि गरे । उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न सुझाए । प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन हुन सक्ने जिकिर गरे ।

प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत भएकाले नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्ने र त्यसका लागि लकडाउनको अवस्था आउन सक्ने भन्दै थप सचेत बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१