ब्रेकिङ न्युज:

लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेटको उपाधि रुपन्देहीलाई

जागरणपोस्ट २८ चैत्र २०७७, शनिबार १६:५१

रुपन्देही : भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले जितेको छ । शनिबार भएको फाइनल खेलमा दाङलाई ६५ रनले हराउँदै रुपन्देहीले उपाधि हात पारेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ३ विकेटको क्षतिमा १५४ रनको योगफल बनाएको थियो । उसका लागि आशिष रोकाले सर्वाधिक ४४ रनको योगदान गरे । यस्तै विशाल भुसालले ४१, सन्तोष साउदले २५ र प्रकाश गिरीले २१ रन बनाए । बलिङमा दाङका आयुष ओली, सुमन बसौंदी र मनोज पुनले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दाङ १७.२ बलमा सबै विकेट गुमाएर ८९ रनमै सीमित रह्यो । उसका लागि मनोज पुनले ३९, प्रभाकर कुँवरले १६ र रोहित डाँगीले १० रन जोडे । बलिङमा रुपन्देहीका सन्तोष यादवले ३ विकेट लिए । उनी म्यान अफ द फाइनल भए । यस्तै, सुमित पराजुली र अमर मिश्राले २÷२ तथा सुरज खड्का र सेजाद आलमले समान १/१ विकेट लिए ।

प्रतियोगितामा उपाधि विजेता रुपन्देही र उपविजेता दाङलाई लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्ती, बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय, पूर्वराष्ट्रिय क्रिकेटर शक्ति प्रसाद गौचन, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य धर्मराज गिरी लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा १३७ रन र ६ विकेट लिएका दाङका आशिष ओली म्यान अफ द सिरीज भए । १३५ रन बनाएका रुपन्देहीका प्रकाश गिरी बेष्ट ब्याट्सम्यान भए भने १३ विकेट लिएका रुपन्देहीकै सन्तोष यादव बेष्ट बलर भए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१