राजन बिडारी
तारा बाजि लै लै
मामा आए पापा ।
माइजू आइन झोली
के के ल्याइन होली ?
पत्रु खाना, हुन्न भर
घर कै खान्छु, के को डर ।
स्याउको गेडो कुटुक्कै
खान पाए भुत्तुक्कै ।।
पानीले भन्छ, सम्झी सम्झी पिउ
घरका खान गमागम, बल्ल लाग्छ जीउ ।
सागले भन्छ, खाउ खाउ
चाउचाउ भन्छ, उच्छिट्टयाउ !।
मोवाइलले भन्छ, धेरै नचलाउ
शरिरले भन्छ, बाहिरै रमाउ ।
आमा बाबा हाम्रा, जाती हुन
उहाँहरु पनि, खेल्ने साथी हुन् ।।
जीवन्त शिक्षाका लागि,
(पहिलो खेस्रा)
थाहा नपा-हेटौडा
हाल : ललितपुर।