ब्रेकिङ न्युज:

मन्त्री केसी भन्छन अहंकार र दम्भले कोही अगाडि बढ्न सक्दैन

जागरणपोस्ट २९ चैत्र २०७७, आईतवार १७:२८

बुटवल : लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले केन्द्रिय सरकारको हलचलले प्रदेश सरकारहरु पनि प्रभावीत हुने स्वभाविक भएको बताए । उनले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकारमा पनि परिवर्तन हुन सक्ने सम्भावना रहेको बताए ।

आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रिय राजनीति प्रदेशमा पनि हावी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्दछन् । प्रदेशमा राजनीति छलफल विधि र विधान भित्र बसेर भएकोले छिट्टै निकास निस्कने बताए ।

उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको दाबी गरे । उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए ।

प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता,सामुदायिक संचार र पत्रकार सम्वद्ध संघसंस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको जानकारी दिए । मुलुकको यो अस्थिर अवस्थामा मिडियाको अहम भुमिका रहेको बताउदै नवनिर्वाचित पदाधकारीहरुलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसगँ सहकार्य गरेर पत्रकारका मुद्धाहरुलाई समाधान गर्ने बताए । प्रदेश सरकारको गुरुयोजना भित्र पत्रकार महासंघको भवन निर्माण गर्न पहल गर्ने बताए ।

त्यस्तै, रुपन्देही पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल पत्रकार सबैको जीत भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताए । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले सबै पत्रकारको क्षमता बृद्धि गर्न विशेष पहल गर्ने बताइन।

कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१