ब्रेकिङ न्युज:

रुपन्देहीमा बसले ठक्कर दिँदा प्युठानका दुई युवाको मृत्यु

जागरणपोस्ट २९ चैत्र २०७७, आईतवार १७:४३

रुपन्देही : रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्युठानका दुई युवाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले लु-२४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतवार बिहान सालझण्डीमा ठक्कर दिँदा प्युठानको झिमरुक गाउँपालिका १ सौतामारेका २१ वर्षका सञ्जय खनाल र वडा नम्बर १ आहालेका फिरोज केसीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुवै जना बुटबलमा उच्च शिक्षा पढ्दै थिए । उनीहरू गए राति साथीको कोठामा पढ्न भनेर सालझण्डी गएका थिए । आइतवार बिहान बुटबल फर्कने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१