ब्रेकिङ न्युज:

प्रदेश २ सभाको बैठक आउदो सोमबार बस्दै

जागरणपोस्ट ३० चैत्र २०७७, सोमबार ०९:५९

जनकपुर : करिब ६ महिनादेखि स्थगित रहेको प्रदेश २ सभाको बैठक आउदो सोमबार बस्दै छ । कार्तिक ४ गते चौथो अधिवेशन सकिए पनि पाँचौँ अधिवेशन अहिलेसम्म आह्वान गरिएको थिएन ।

सत्तारुढ र प्रतिपक्षी पार्टीभित्रको आन्तरिक विवादका कारण लामो समयसम्म संसद्को बैठक आह्वान नगरिएको र ६ महिनाभित्र अधिवेश बोलाउनैपर्ने कानुनी बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले ३० चैतमा सभाको बैठक राख्न प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले प्रदेश सभाको बैठकको आह्वान गरिए पनि बैठकअघि कार्यव्यवस्था समितिको बैठक बस्न नसकेको बताए । नेकपा विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्यव्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको उनको भनाइ छ ।

पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय गरिएको छ । अन्य विषयमा दलहरूसँग छलफल भइरहेको यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१