ब्रेकिङ न्युज:

रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौँको क्षति

जागरणपोस्ट ३० चैत्र २०७७, सोमबार १०:३७

रुपन्देही : रुपन्देहीको एक पेट्रोल पम्पमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ । साँझ पख आयल निगमबाट डिजेल लिएर आएको ट्याङ्करबाट तेल खन्याउने क्रममा गैडहवा गाउँपालिका वडा नं-७ गुलरिया चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।

आगलागी नियन्त्रण गर्ने क्रममा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

बिहान पोखरेललाई सम्पर्क राख्दा ४ सय लिटर पेट्रोलियम पदार्थ जलेर नष्ट भएको जानकारी भए पनि थप क्षतिको विवरण सञ्चालक स्वयमले तयार पार्दै गरेको बताईएको छ ।

डिजेल बोकेर आएको ट्यांकर समेत जलेर नष्ट भएको जनाइएको छ । दुईवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१