ब्रेकिङ न्युज:

रुपन्देहीको तिलोत्तमा नगरपालिका द्वारा ६ वटा विद्यालयलाई बस प्रदान

जागरणपोस्ट ३० चैत्र २०७७, सोमबार १०:३१

रुपन्देही : तिलोत्तमा नगरपालिकाले नगरभित्रका ६ वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । विगत देखिनै सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको आकर्षण बढाउन विद्यालय खाजा कार्यक्रम सुरु गरेको नगरपालिकाले यस बर्ष विद्यालय र नगरपालिकाको साझेदारीमा ६ वटा विद्यालयलाई अनुदानमा बस प्रदान गरेको हो ।

तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी पशुपति माध्यमिक विद्यालय, शिवपूर माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र जनभावना माध्यमिक विद्यालयलाई बस प्रदान गरिएको छ । त्यस्तै गृवाण माध्यमिक विद्यालयलाई पनि नगरपालिकाले बस प्रदान गरेको छ । कोटिहवामा रहेको पुजन अटोमोबाईल्स प्रालीले एसएमएल ईसुजु कम्पनीको ५ वटा बस तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले विद्यालयका प्राचार्य एवं अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै गृवार्ण विद्यालयलाई विद्यालयमै उनले बस हस्तान्तरण गरेका हुन । सो अवसरमा बोल्दै उनले नगरपालिका र विद्यालयको अनुदान तथा नेपाल सरकारबाट भन्सार छुट गरी ल्याएको बसलाई व्यवस्थापकिय कौशलताका साथ बसलाई सञ्चालन गर्न विद्यालयलाई आग्रह गरे । उनले बसको नियमित मर्मत सम्भार, चालक, सह चालकमा अनुशासन नभएमा बसको उपयोग राम्रो संग नहुने भन्दै विद्यालयले बसको व्यवस्थापनमा गम्भिर भएर लाग्नुपर्ने बताए । विद्यार्थीको सहजताका लागि बस ल्याएको भन्दै सहुलियतमा सेवा दिन नगरप्रमुख घिमिरेले विद्यालयहरुलाई आग्रह गरे ।

तिलोत्तमाका विद्यालयका विद्यार्थीहरु टाढाबाट अध्ययनको लागी आउने र अभिभावकको ईच्छा पनि आफ्ना बालबालिकाहरु बसबाट जानु पर्ने इच्छा अब पुरा हुने भएकोमा शिक्षकहरु पनि हर्षित भएका छन् । बस भएपछि विद्यार्थीहरु विद्यालय प्रति थप आकर्षित हुने दावी शिक्षकको छ ।

तिलोत्तमा नगरपालिकाको १० लाख र विद्यालयको १० लाख २० लाखमा भन्सार छुट गरी बसहरु ल्याइएको हो । आज थप ६ वटा विद्यालयलाई बस हस्तान्तरण गरे संगै नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा बस हुने संख्या ११ पुगेको छ ।

तिलोत्तमा नगरपालिकाले बिगत वर्षहरु देखी नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा यस आर्थिक वर्षमा ६ वटा विद्यालयलाई बस प्रदान गर्न छुट्टयाईएको र क्रमश यसलाई आगामी बर्षहरुमा आवश्यकताका आधारमा बसहरु प्रदान गरिने तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचार्यले बताए । उनले विद्यालय छनोट गर्दा सवारी साधन नभएका र विद्यालयमा बढि विद्यार्थी संख्या भएका आधारमा छनोट गरेको बताए ।

ईसुजु र भारतको स्वराज माज्दा कम्पनी एक भई भारतमै निर्माण भएको ४२ सिटे आरामदायी मानिने यो गाडि कम खर्चिलो र विद्यार्थी लक्षित रहेको कम्पनीको दावी छ । सामुदायिक विद्यालयमा बस सञ्चालन पछि विद्यार्थीको आर्कषण बढ्ने अनुमान गरिएको भएपनि यसको सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण रहेकाले सम्बन्धित विद्यालयले बढि निगरानी गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१