ब्रेकिङ न्युज:

प्रधानाध्यापकमाथि कार्यालय परिसर भित्रै हातपात

जागरणपोस्ट ३१ चैत्र २०७७, मंगलवार १४:३९

काठमाडौं : बाराको आदर्श कोतवाल गाउँपालिका स्थित श्री राम चरित्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश साहमाथि कार्यालय परिसर भित्रै हातपात भएको छ ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य रुपेन्द्र कुमार कुशवाहाले आफुलाई हातपात गरेको प्रधानाध्यापक साहले बताएका छन् । त्यस्तै कुशवाहासँगै आएको टोलीले विद्यालयको टेवल, कुर्सी समेत टोडफोड गरेका छन् ।


हातपात गर्ने रुपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षकमाथि भएको दुर्व्यवहार र हातपात गर्ने उपर कडा कार्यवाहीको माग गर्दै नेपाल शिक्षक संघ गाउँपालिका कार्यसमिति आर्दश कोतवालले एक प्रेस विज्ञाप्ती जारी गरेको छ ।

दोषीलाई कारबाही नहुनजेलसम्म आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेको सम्पुर्ण सामुदायिक विद्यालय केही दिनसम्म बन्द रहने जानकारी पनि गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१