ब्रेकिङ न्युज:

कोरोना नेपाल : थप ५१७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

जागरणपोस्ट ३१ चैत्र २०७७, मंगलवार १८:०४

नेपालमा पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २०३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज ४ हजार ३८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८१७ जनाको एन्टिजेन गर्दा ५७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । यीमध्ये ३ हजार ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ३ हजार १९५ संक्रमित होम आइसोलेसनमा रहेका छन् । ४१३ जना संस्थागत आइसोलेसनमा, ९६ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा हरेको मन्त्रालयले जनाएको छ ।

आज थप १५३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै २ लाख ७४ हजार ३१८ जना निको भएका छन् । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।

आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ३ हजार ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१