सिन्चियाङको सेतो कपासलाई कालो बनाउने अमेरिकी प्रयास

जागरणपोस्ट १ बैशाख २०७८, बुधबार १६:४८

चेतनाथ आचार्य//

चीनको उत्तर पश्चिममा पर्ने सिन्चियाङ युगुर स्वायत्त प्रदेशको आम्दानीका मुख्य स्रोतहरुमध्ये कपास खेती एउटा हो। युगुर जातिको आम्दानीलाई रोक्नका लागि सिन्चियाङको कपासलाई अमेरिका तथा पश्चिमा जगतले यतिबेला प्रतिबन्ध लगाएको छ। दुई वर्ष अगाडि देखि नै अमेरिका र पश्चिमी सञ्चार माध्यमले आफ्नो सम्पूर्ण शक्ति चीनको सिन्चियाङको कपास उद्योगलाई कसरी तहसनहस बनाउने भन्ने कार्यमा केन्द्रित गरेका छन्।

सन् १९९० को दशकमा सीएनएन र बीबीसीले अल्बानियालीहरूका बिरूद्ध सर्बियालीको ‘नरसंहार’ मच्चाएका थिए। यी नै सञ्चार माध्यमले सन् २००३ मा इराकले सामूहिक विनाशकारी हतियारहरू राखेको छ भनेर अफवाह फैलाउने काम गरेका थिए। अमेरिका र पश्चिमा सञ्चार जगतको मिलेमतोमा हुने गरेका यस्तै अफवाहको नयाँ शृङ्खलाका रुपमा चीनको सिन्चियाङको कपास उद्योगलाई लक्षित गरिएको छ।

सिन्चियाङको कपासको बारेमा अफवाह फैलाउने उनीहरूको मुख्य उद्देश्य गैरसरकारी संस्थाहरूलाई चीनको कपडा उद्योगको ट्रेड चेनलाई अवरोध पुर्‍याउनु हो। उदाहरणका लागि बीसीआई ९बेटर कटन इनिसिएटिभ० संघले ‘जबरजस्ती श्रम’ को अफवाह प्रयोग गरिरहेको छ। अनि यही बहानामा संघमा आवद्ध रहेका विभिन्न उद्यमहरूले सिन्चियाङको कपासलाई बहिष्कार गर्न थालेका हुन्। स्विजरल्याण्डमा रहेको बीसीआई आवरणमा गैर सरकारी संस्था भए पनि यसको मुख्य प्रायोजक अमेरिका हो।

स्विडेनी फैशन पोशाक मार्का एचएण्डएम समूहको सिन्चियाङबाट उत्पादित कपास प्रयोग नगर्ने विषयले उसलाई नै बढी बेफाइदा छ। एचएण्डएमले सन् २०२० मा मात्र चीनमा ७ अर्ब ३६ करोड चिनियाँ युआनको बिक्री गरेको छ। चीन उसको विश्वव्यापी चौथो ठूलो बजार हो।

आवश्यक कपास सिनच्याङबाट लिने छैन। एचएण्डएम, नाइके, एडिडास आदि यसका सदस्य हुन्।

यो एक्काईसौँ शताब्दी हो। आधुनिक युगमा प्राय काम मान्छेका हातले होइन औजारले गर्दछ। सिन्चियाङमा कपास टिप्ने काम पनि अधिकांश क्षेत्रमा मिसिनले गरिरहेको छ। उन्नाईसौँ शताब्दीसम्म कपास उद्योगमा कसरी मान्छेलाई जबर्जस्ती श्रममा लगाइन्थ्यो भन्ने कुराको सबैभन्दा राम्रो अनुभव अमेरिकासँग छ। तसर्थ अहिले पनि अमेरिका आफूले गरेको कुकर्म जस्तै कल्पना सिन्चियाङमा होला भनेर अफवाह फैलाउन तल्लिन छ।

सन् २०२० मा सिन्चियाङको कपास उत्पादन समग्र चिनियाँ कपासको उत्पादनमा ८७।३ प्रतिशत पुगेको छ। यो निरन्तर २६ वर्षदेखि चीनको पहिलो स्थानमा रहेको छ। सिनच्याङ कृषि विभागबाट प्रकाशित सन् २०२० को तथ्याङ्क अनुसार, सिनच्याङको कपास टिप्ने क्षेत्रमा औजार दर ६९।८३ प्रतिशत पुगेको छ। त्यसमध्ये उत्तरी सिनच्याङमा ९५ प्रतिशत कपास मेशिनबाट टिपिन्छ। उच्च उत्पादनपछाडि तथाकथित जबरजस्ती श्रम होइन, उच्च विज्ञान(प्रविधि र उच्च यान्त्रिकीकरण हो।

सिन्चियाङमा युगुर अल्पसङ्ख्यक मुसलमान समुदायको बाहुल्य छ। क्षेत्रफलका हिसाबले यो चीनकै सबैभन्दा ठूलो प्रान्त हो जहाँ विभिन्न ४५ जातिका मानिसहरु बसोबास गर्दछन्। अमेरिकाले यस प्रान्तलाई अस्थिर बनाउका लागि विभिन्न जालझेल र षढयन्त्र गर्दै आएको छ। अमेरिकी षढयन्त्रका बावजुद चीनले सिन्चियाङ प्रान्तमा यथेष्ट विकास गरेको छ र पूर्ण रुपमा गरिबी निवारण गर्न सफल भएको छ। विगत पाँच वर्षदेखि सिन्चियाङमा कुनै पनि हत्या हिंसा र उदण्ड गतिबिधि भएका छैन। यसको पछाडि त्यहाँको कपास खेती पनि एक हो। तसर्थ अमेरिकाले केही उपाय नलागेर कपास खेतीमार्फत चीन र सिन्चियाङमाथि हिलो छ्याप्ने प्रयत्न गरिरहेको छ।

सिन्चियाङकै कपास उद्योगमाथि अमेरिकाले किन आक्रमण गर्न चाह्यो र जबर्जस्ती श्रममा लगाइएको आरोप किन लगायो भन्ने बारेमा अमेरिकाको पृष्ठभूमि र अनुभवका बारेमा थाहा पाउन आवश्यक छ।

अमेरिकामा उत्पादन हुने सेतो कपासमा कसरी श्रमिकको रगत लतपतिएको हुन्थ्यो भन्ने इतिहासका बारेमा केही तथ्यहरु यस प्रकार छन्।

१८ औँ र १९ औँ शताब्दीसम्म कपास उद्योग अमेरिका अमेरिकामा पूँजी संकलनका मुख्य स्रोतहरू मध्ये एक थियो। अमेरिकालाई त्यो समयमा ‘कपासको साम्राज्य’ पनि भनिन्थ्यो। अमेरिकाका लागि कपास आर्थिक शक्ति मात्र नभई राजनीतिक शक्ति पनि रहेको थियो। कपास त्यसबेलाको गृहयुद्धको शुरूवात भएको एउटा कारक मानिन्छ।

सन् १७९३ मा ह्विटनीले कपास जिनको आविष्कार गर्नुभन्दा पहिले अमेरिकामा कपास उत्पादनको स्तर अत्यन्त कम थियो र अर्थव्यवस्थामा यसको खासै महत्त्व पनि थिएन। वृक्षारोपण प्रणाली मुख्यतया सुर्तिजन्य, धान र इण्डिगोमा आधारित थियो। कपडा उद्योगमा कपासको स्थिति सबैलाई थाहा छ तर यसको समस्या भनेको प्राविधिक कठिनाइहरु हुन्। समय र श्रमको बचत विधिको अभावमा कपासको बिउहरू फाइबरबाट छुट्याउन निकै कठिन हुन्छ। किनभने कपासको ऊनले कपासको बीउलाई लपेटेको हुन्छ जसले गर्दा कपास सङ्कलन गर्न निकै कठिन हुन्छ।

सन १७०० मा, उत्तर अमेरिकी उपनिवेशहरूले बेलायतबाट दुई हजार टन कपास निर्यात गर्दथे। ह्विटनी शिल्पकारहरूको परिवारबाट आएका थिए। उनले जर्जियामा कटन जिनको आविष्कार गरे। वास्प इञ्जिन थपिएमा कपासको बीउ र कटन सङ्कलन गर्ने दक्षतामा २५ देखि १०० गुणासम्म बढाउन सकिन्छ।

ह्विटनीले आविष्कार गरेको प्रविधि लोकप्रिय भयो तर अनधिकृत रुपमा अन्यले यो प्रविधि प्रयोग गर्न थाले फलस्वरुप उनले न्युन रुपमा मात्र आर्थिक लाभ प्राप्त गरे। कपास जिनहरूको लोकप्रियताका साथ अमेरिकामा ठूलो मात्रामा कपास उद्योगको जन्म भयो।

कपास खेती गर्ने उद्योग अमेरिकाका दक्षिण क्यारोलिना, उत्तरी क्यारोलिना, जर्जिया र भर्जिनिया लगायतका राज्यमा ठूलो मात्रामा विस्तार भयो र चाँडै पश्चिम तिर फैलियो। पछि गएर टेक्सास र एरिजोना कपास उत्पादन गर्ने प्रमुख क्षेत्र भए। उत्पादनका हिसाबले सन् १७९० देखि १८६० सम्म हजार गुणा बृद्धि भयो। सन् १९२६ सम्म अमेरिकामा कपास रोप्ने क्षेत्र ४ करोड ४६ लाख ८० हजार एकड पुगेको थियो।

अमेरिकाको दक्षिण क्षेत्रको कपास अर्थतन्त्र, राजनीति, संस्कृति र जीवनको केन्द्र बन्न पुग्यो। ‘कटन किङ’ एक उपनाम मात्र होइन, यसले शक्ति र पैसाको पनि प्रतिनिधित्व गर्न थाल्यो। विस्तारित कपास उद्योगमा काम गर्नका लागि अमेरिकाले थुप्रै भारतीय श्रमिकको हत्या गर्‍यो। अफ्रिकाबाट अमेरिकामा लगिएका दासहरूको मुख्य काम नै कि त कपास उद्योगमा हुन्थ्यो कि खानी उद्योगमा। ती दासको मूल्य कपासको मूल्यसँग जोडिएको छ। सन् १८०० मा, अमेरिकामा काला दासको मूल्य ३०० अमेरिकी डलर थियो र १८६० सम्ममा यो १५०० अमेरिकी डलर पुग्यो। भनेजति कपास उठाउन नस्कने दासहरुको हात र खुट्टा काटेर सजाय दिनु अमेरिकीहरुका लागि सामान्य थियो। काटिएको ठाउँमा नुनखुर्सानी लगाउँथे अमेरिकीहरु। सजायस्वरुप ती दासहरुलाई कोर्रा हान्दा हान्दै मारिन्थ्यो। कमजोर र रोगी दासहरुलाई सिकारी कुकुर लगाएर मारिन्थ्यो। गोरा अमेरिकीहरु त्यस्तो दृश्य हेरेर मनोरञ्जन लिन्थे। दासले कुनै गल्ती अथवा अपराध गरे भने उनीहरुको आँखा फुटाइ दिने, कान काटिदिने, करुङ भाँचिदिने अथवा बलिरहेको आगोमा हालेर बिस्तारै जलाउने काम गरिन्थ्यो।

बधुँवा श्रमिकका रुपमा झिसमिसे उज्यालोदेखि साँझसम्म काममा लगाइएका दासहरु भाग्लान् भनेर खुट्टामा मोटा फलामका चेन लगाइएको हुन्थ्यो। यस्तै नियम फ्रान्सका अङ्गुर खेतीमा लागु गरिएको थियो। दासहरुले अङ्गुर खालान् भन्ठानेर उनीहरुको अगाडिको दाँत फुकालेर काममा लगाइन्थ्यो। उनीहरु काम गर्ने क्षेत्रबाट भागे भने पनि अगाडिको दाँत फुकालिएकाले सजिलै चिनिन्थे र फेरि दासका रुपमा बन्दी बनाइन्थे। फ्रान्समा यस्तो चलन दोस्रो विश्व युद्धसम्म सञ्चालनमा थियो।

अमेरिकी कपास खेतीमा हुने यी सामान्य घटनाहरू थिए। अमेरिकी शासकहरूले एक सय वर्षभन्दा बढी समयदेखि डरलाग्दो‘जबर्जस्ती श्रम’ तरिका मार्फत कपास खेतीबाट धन, सम्मान र शक्ति कमाएका छन्। अमेरिकामा कपासका खेतहरूमा अझै पनि दासका अवशेषहरु रहेका छन्। मिसिसिपी राज्यले सन् २०१३ सम्म दासत्व समाप्त गर्न मतदान प्रक्रिया पूरा गरेन। यसको अर्थ के हो भने २१ औं शताब्दीपछि पनि अमेरिकामा कानुनी दासहरू छन्।

आज, नाइकेले प्रतिनिधित्व गरेको ठूला अमेरिकी कपडा र फुटवेयर कम्पनीहरूले अमेरिकामा केवल ब्रान्ड प्रमोशन र स्टाइल डिजाइन विभागहरू राखेको छ। यसले आफ्नो ब्रान्डलाई लोकप्रिय बनाउनका लागि धेरै पैसा लगानी गर्छन् र ठूलो संख्यामा फाउन्ड्रीहरू विदेशमा स्थापना गरेका छन्। ती फाउन्ड्रीहरूमा कुनै अपवाद बिना ‘पसिनाका पसल’ हुन् जहाँ हरेक दिन श्रम गर्न बाध्य पारिन्छ। उदाहरणका लागि, फिलिपिन्स, बंगलादेश र कम्बोडियामा नाइकेका केही कारखानालाई लिन सकिन्छ। तिनीहरु ‘एउटा देश भित्रका अन्य देशहरू’ हुन् किनभने त्यहाँ सशस्त्र रक्षकहरूसँग उनीहरूको आफ्नै ‘कानुन’ छन्। उनीहरूले महिला कामदारहरूलाई दुर्व्यवहार र यौन हिंसा समेत गर्छन्। यद्यपि स्थानीय प्रहरीले रिपोर्ट प्राप्त गरे पनि तिनीहरू नाइके प्लान्ट सुपरवाइजरको अनुमति बिना प्रवेश गर्न पाउँदैनन्।

सन् २०२१ मा नाइके र सन्‌ १८२१ मा अमेरिकाको दक्षिणी भागका कपास बगैंचा बीच जबरजस्ती श्रमको खासै भिन्नता छैन। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले केही उद्योगलाई अमेरिकामा फर्काउन चाहेका थिए र अमेरिकीहरूलाई दीर्घकालीन रोजगारी दिन चाहन्थे। तर कुनै ठूला कम्पनीहरु अमेरिका फर्किएनन् किन थाहा छरु यदि नाइकेले अमेरिकामा एउटा कारखाना खडा गरेमा स्निकर सिलाउन धेरै संख्यामा अमेरिकीहरू भर्ती हुने थिए र कम्पनीले अमेरिकामा प्रति घण्टा ज्याला, व्यवस्थापन लागत र श्रम कानुनका आधारमा पैसा तिर्दा कम्पनी टाट पर्ने निश्चित थियो।

अमेरिकाले पहिले आफूले जस्तै क्रुर र अमानवीय तरिकाले कपास खेती चीनले गरेको सोचिरहेको छ। तर वास्तविकता त्यस्तो छैन। चीनले अत्याधुनिक प्रविधि प्रयोग गरेर कपासको खेती गरिरहेको छ। चिनियाँ कपास अमेरिकी कपास जस्तो रगतमा लतपतिएको छैन भन्ने कुरा अमेरिकाले थाहा पाउनुपर्छ।

गत मार्च २६ तारिख बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छनु यिङले एउटा भिडियो देखाइन्। उक्त भिडियोमा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलिन पोवेलको कार्यालयका प्रमुख, स्थल सेनाका कर्नेल लरेन्स विकर्सनले निर्देशन दिँदै थिए। उनी भिडियोमा भन्दै थिए ‘अफगानिस्तानमा अमेरिकी सेना तैनाथ गर्ने उद्देश्य अफगानिस्तानको पुनस्निर्माणका लागि सहायता पुर्‍याउनु होइन, तालिवान अथवा अरु आतंककारी संगठनमाथि आक्रमण गर्नु पनि होइन। चीनको सिन्चियाङमा करोडभन्दा बढी युगुरबासीहरु छन् र उनीहरुलाई उकासेर चीनको स्थिरतालाई विथोल्नका लागि सबैभन्दा उपयोगी उपाय सिन्चियाङमा उथलपुथल परिस्थिति बनाउनु हो।’

अमेरिकाले सिन्चियाङलाई कसरी अस्थिर बनाउने प्रयास गर्दैछ र चीनको विकासलाई रोक्न खोज्दैछ भन्ने कुराको पुष्टि यस तथ्यबाट पनि स्पष्ट हुन्छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८