नीति र एजेण्डा कांग्रेसको नयाँ नेतृत्व चयनको आधार : नेता सङ्ग्रौला

जागरणपोस्ट ४ बैशाख २०७८, शनिबार २२:५१

गलेश्वर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नीति र एजेण्डाको विषयलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गर्ने बताएकी छन् ।

नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता र संरक्षणमा प्रतिबद्ध रहेको पार्टी भएकाले नीति र एजेण्डामा केन्द्रित रहेर महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएकी हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सङ्ग्रौलाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने गृहकार्य भइरहेको उल्लेख गर्दै नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट शुरु भएको दावी गरिन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा खोप लगाउने कार्यप्रतिसरकार जिम्मेवार बन्न नसकेको आरोप पनि लगाईन ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८