Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

विराट गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई

जागरणपोस्ट ५ बैशाख २०७८, आईतवार ०८:५५

मोरङ : विराट गोल्डकप फुटबलको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

विराटनगरमा रहेको सहिद मैदानमा शनिवार राति भएको फाइनल खेलमा भारतीय टिम पञ्जाब पुलिसलाई १-० गोलले हराउँदै एपीएफले उपाधि हात पारेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ ।

एपीएफका प्रदीप लामाले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोलले नै टिमलाई उपाधि दिलाएको हो । प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए ।

दोस्रो हाफदेखि आक्रामक भएर मैदान प्रवेश गरे पनि पञ्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सीमित भयो । उपविजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियो ।

हाइस्कोर गर्ने विराटनगरका-११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरिमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा सङ्कटाका क्लब काठमाण्डौका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिपा अनुशासित टिममा विराटनगर महानगरपालिका -११ घोषित भयो ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदीप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७