ब्रेकिङ न्युज:

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१

अहिले नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर चलेको छ। भारतमा कोरोना संक्रमण र मृत्युदर दिनप्रतिदिन उच्च बिन्दुमा पुगेसंगै त्यसको असर सोझै नेपालमा पनि देखिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २२७ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार १ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २२७ जनाको रिपोर्ट पोजेटिभ देखिएको सरकारी तथ्यांकले नै देखाऊंदछ।

कोरोना संक्रमणको दोस्रो लहर चलेसंगै नेपालमा पनि अहिलेसम्म कुल सङ्क्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगीसकेको छ। मन्त्रालयका अनुसार हालसम्म ७ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् भने ८१ जना क्वारेन्टिनमा रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ भने यससँगै हालसम्म ३ हजार ९१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा कोरोना संक्रमण तिव्रतर रुपमा फैलिएको छ र यसले भित्रभित्रै भुसको आगोको रुप धारण गरिसकेको छ। सरकार आफैले पनि कुनैपनि सभासमारोहमा २५ जनाभन्दा बढि जम्मा हुन नपाऊने, सार्वजनिक सवारीको प्रयोग गर्दा अनिवार्य मास्क लगाऊनुपर्ने र शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेको छ।

कोरोना संक्रमणको जोखिमलाई नजरअन्दाज गर्दा आज समग्र बिश्वले जुन दुरावस्थाको सिकार हुनुपरेको छ, यो अत्यन्तै पिडादायी अवस्था पनि हो। आजपनि युरोपलगायतका विभिन्न देशमा दैनिक हजारौंको संख्यामा नागरिकले कोरोना संक्रमणकै कारण ज्यान गुमाऊनुपर्ने अवस्था रहेको छ भने भारतमा कोरोना संक्रमण दर बढेर ऐलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

पछिल्लो तथ्यांक हेर्नेहो भने भारतमा ऐलेसम्म कुल संक्रमित संख्या १ करोड ५१ लाख नाघेको छ भने कोरोना संक्रमणबाटै मृत्यु हुनेको संख्या १ लाख ७९ हजार नाघिसकेको छ।

खुला सिमानामात्र हैन, नेपालमा पछिल्लो समय हुनेगरेका राजनैतिक सभाजुलुस, भिडभाड र स्वास्थ्य निर्देशिकाको मापदण्ड लत्याऊँदै गर्नेगरिएका दैनिक कृयाकलापले गर्दा नेपाला पनि कोरोनाको दोस्रो चरणको संक्रमणबाट नराम्ररी गाँजिएको छ। सरकारले उपलव्ध गराऊनुपर्ने दायित्त्व रहेको कोरोना बिरुद्धको खोप पर्याप्त उपलव्ध हुन नसक्नु, कोरोना परिक्षणमा सरकारको उदाशिनता, सरकार आफै भिडभाड गर्न उत्प्रेरित रहेको कारणले पनि नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको हो।

कोरोनासंग खेलवाड भने बिल्कुलै नगरौं। अझ विशेष गरि स-साना नानीबाबुहरुले पढ्ने अधिकांश स्कूलहरुमा स्वास्थ्य मापदण्ड कडाईका साथ लागू नगरिकनै अध्यापन गराईंदै आईएको छ। बालबालिकाहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न सिकाऊने विद्यालयहरु नै धमाधम लापरबाहीपूर्वक बालबालिकालाई स्कुल आऊन उर्दी जारी गरेका छन। बालबालिकाको स्वास्थ्य र भविष्यभन्दा ठूलो विद्यालयको नाफा हुनै सक्तैन। बालबालिकाहरुलाई सुरक्षित राख्नुपर्ने दायित्त्व अभिभावकसंगै विद्यालयको पनि हो।

तसर्थ, तिव्रतर रुपमा बढ्दै गईरहेको कोरोना महामारीको चपेटामा बालबालिकालाई बिल्कुलै नपारौं। बालबालिका मात्र होईन, जिम्मेवार हरेक नागरिकले यसप्रकारको संक्रमणबाट आफू पनि बंच्ने र बालबालिकालाई पनि बंचाऊने उपाय अवलम्वन गर्नुपर्दछ। जवर्जस्ती नाफा खोज्दा भोलि अपूरणणीय क्षति बेहोर्नुपर्ने पनि हुनसक्तछ। त्यस्तो अवस्थामा विद्यालयहरुको जवर्जस्ती र कुनै पनि हालतमा नाफा कुम्ल्याऊने मनसायप्रति कहिं कतै क्षमायोग्य हुनसक्तैन।

समय छंदै अभिभावकले आफ्ना बालबालिका र शैक्षिक संस्थाहरुले पनि आफ्ना विद्यार्थीको स्वास्थ्यमा गम्भिर भएर सोंच्नु आवश्यक छ। अनलाईन क्लासलाई बरु अझ प्रभावकारी बनाऊँदै बालबालिकालाई अझै केहि समयको लागि घरमैं बसेर पढ्ने र पढाऊने वातावरण सृजना गरौं। जवर्जस्ती र नाफामूलक होडबाजीले कहिं कतै अक्षम्य अपराध नहोईजाओस, बेलैमा सोंचौं।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१