Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जागरणपोस्ट ८ बैशाख २०७८, बुधबार ११:५१

झापा : पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले मङ्गलबार राति ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइलमा पछाडि सवारी सोही स्थानका २२ वर्षीय सागर लिम्बु घाइते भएका छन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–२ का ५६ वर्षीय सुमन दनुवारलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७