ब्रेकिङ न्युज:

लोकतन्त्रको मलामी

जागरणपोस्ट १० बैशाख २०७८, शुक्रबार १७:५१

मेघराज भण्डारी //

सुखका सपना देखाउँदै,
खाली सडकपेटीमा
नाङ्गै पैताला उसले धेरैफेरि मलाई दौडायो ।
बल्दै गरेका मेरा सपनामा आगो यसरी झोस्यो कि उसले –मेरो सपनाहरु दन्किए ।
हुरहुरि बले जसरी होमकुण्डमा चरु दन्किन्छ !
उसले रौँस्यायो ।
म रौँसिएँ ।
लोकतन्त्रको “जन्ती” जान !

र, म पनि
वैयक्तिक बनिन ।
या भनौँ म निर्वैयक्त्तिक भएँ ।
नितान्त आफ्ना
रोग, शोक र भोकलाई थाँती राखेर
उसित मस्तैफेरि लोकतन्त्रको जन्ती गएँ ।

हो, मलाई थाहा छ ।
जन्ती जानेले मलामी पनि जानैपर्छ ।
कस्ले भन्छ–जन्ती जादैफेरि तेरो मलामी जान पाउँ भनेर ?
विल्कुलै असङ्गत !
अप्रासंगिक । अमिल्दो !

तर उसले रमिता देखाइ देखाइ
लोक पुर्व र तन्त्र पश्चिम बनाएरै भएपनि
मलाई अझ उन्नत भनाउँदो लोकतन्त्रको
गुलियो ललिपप देखाएर ,
फस्लाङ्फुस्लुङ पार्नेछ ।
र, भन्नेछ – जाम लोकतन्त्रको मलामी !

पाकाहरु भन्थे,
परेपछि नजिकको जानिन्छ ।
टाढाको चिनिन्छ ।
आफ्ना– पराया खुट्टिन्छन् ।
उ भने छेपारो जस्तै छ !

उ छेपारो नै हो–
रङ फेरिफेरि आउँछ !
न चिन्नु न जान्नु ।
मेरो दुखमा रोएजस्तै गरेर
मेरो अभावमा सामेल भएजस्तै गरेर
मेरो भोकमा एकछिन भोकै बसेर
मेरा साथी सँगोती झैँ साख्खै बनेर
मेरा रोग, शोक, भोक, अभाव सप्पैको
कारण र कारक फगत लोकतन्त्र नै ठान्नेछ ।
उसले लोकतन्त्रै दुत्कार्नेछ !
र, कथित अझ उन्नत सपनाका लागि
मलाई भन्नेछ – जाम लोकतन्त्रको मलामी !

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१