ब्रेकिङ न्युज:

‘सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गरिने’

जागरणपोस्ट ११ बैशाख २०७८, शनिबार १२:५२

मोरङ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गर्ने जानकारी दिए ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार ’ वितरण गर्दै उहाँले सरकारले संविधान र ऐनअनुसार निर्माण गरेको आयोगले जग्गाको पूर्जा वितरण गरी सधैँको समस्याको अन्त्य गर्ने बताए ।

उहाँले सरकार सम्पूर्ण जनताको स्वास्थ्य जीवनरक्षाको लागि प्रतिबद्ध रहेको चर्चा गर्दै कोभिड–१९ सङ्क्रमित जनताको निःशुल्क स्वास्थ्य उपचार एवं खोपको व्यवस्था गरिरहेको जानकारी दिए । उनले पत्रकारिता क्षेत्रले सिङ्गो मुलुकलाई प्रभावित गर्ने हुनाले सत्यतथ्यका आधारमा समाचार पस्कनुपर्ने बताए । उनले मुलुक आम निर्वाचनतर्फ जान उन्मुख रहेको चर्चा गर्दै निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि मतदाता नामावलीमा नाम छुटेका तथा उमेर पुगकाले आफ्नो नाम अद्यावधिक गर्न सबैसँग आग्रह गरे ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले सञ्चारकर्मीले व्यावसायिक दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिए । नेकपा एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ अधिकारी, प्रेस चौतारी प्रदेश उपाध्यक्ष लीलाराज भट्टराई, सञ्चारकर्मी महेन्द्र विष्ट, माधव अधिकारी, चौतारी मोरङ संयोजक सुदीप कोइराला र शशाङ्क पौडेल स्व मैनालीले पत्रकारिताका माध्यमबाट जनतामा चेतना जागृत गराउन ठूलो भूमिका खेल्नु भएको चर्चा गरे ।

पुरस्कृत पत्रकार कमल पौडेल अस्वस्थ्य हुनु भएकामा उहाँका छोरा विभिन्न पौडेललाई नगद रु १५ हजार ५१५ र प्रमाणपत्र प्रदान गरिएको थियो । स्व मैनालीले विराटनगरलाई कार्य क्षेत्र बनाई दैनिक एवं विभिन्न साप्ताहिक पत्रपत्रिकामा समाचार सम्प्रेषण गर्थे ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१