ब्रेकिङ न्युज:

नेपाल सुपर लिग फुटबल : उद्घाटन खेलमा काठमाडौँ रेजर्स विजयी

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १०:२४

काठमाडौँ : त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी विजयी भएको छ । काठमाडौँले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौँका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे ।

उनले खेलको ६६औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् । प्रतियोगिताको विजेताले रु. ३५ लाख र उपविजेताले रु. १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु. एक/एक लाख पुरस्कार प्राप्त गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१