ब्रेकिङ न्युज:

प्यारामाउण्ट अपडेट : विद्यालय प्रशासान र पिडीत पक्षबिच सहमति

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार ११:१२

रुपन्देही : तिलोत्तमा नगरपालिका वडा नं १ नयाँमिलस्थित प्यारामाउण्ट विद्यालयमा अध्यनरत १५ वर्षिय प्रतिभा सापकोटाको मृत्यु भएको विषयमा विद्यालय प्रशासान र पिडीत पक्षबिच सहमति भएको छ ।

शनिबार साँझ करिब ६ बजेबाट सुरु भएको छलफल राति १ बजेसम्म चलेको मृतकका अभिभावक भाष्कर भण्डारीले जानकारी दिए । छलफलमा प्रशासन पक्षको तर्फबाट अध्यक्ष पूर्ण प्रसाद सापकोटा, उपाध्यक्ष राम गिरी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली र पिडीत पक्षबाट दधिराम सापकोटा, प्रेम नारायण सापकोटा र प्रकाश सापकोटाबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।


सहमति पत्रमा छात्रा प्रतिभाको मृत्युको कारण विद्यालय व्यवस्थापन र प्रधानाध्यापकको कमजोरीले भएको भनेर प्रष्ट उल्लेख गरिएको छ । साथै सो कुरा व्यवस्थापन पक्षले पनि स्विकारेको छ । दुवै पक्षबाट ह्स्ताक्षर भएको सो सहमति पत्रमा निम्न निर्णहरु गरिएको छ :

१) मृतक प्रतिभा सापकोटाको नाममा अक्षयकोस स्वरुप रु ९ लाख ९९ हजार ९ सय ९९ स्कूल पक्षले सहमति गरेको छ ।

२) मृतक प्रतिभा सापकोटाको नामको शालिक प्यारामाउण्ट विद्यालय प्राङ्गणभित्र निर्माण गर्ने सहमति गरेको छ ।’

छात्रा प्रतिभाको मृत्यु कोरोना संक्रमणले नै भएको हो वा होईन भन्ने विषयमा अझै रिपोर्ट आईनसकेको अभिभावक राजन भण्डारीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१