ब्रेकिङ न्युज:

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२
   कोरोना कहरबाट यतिबेला नराम्रोसंग पिल्सिएको मुलुक भारत हो। ब्राजिल दोस्रो नम्बरमा देखिएको छ। ब्राजिललाई पनि उछिन्दै भारत बिश्वमैं सबैभन्दा बढि कोरोना संक्रमणको चपेटामा आएको छ।
ब्राजिलमा दैनिक ३ देखि ४ हजारसम्म कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ भने करिब डेढ करोड नागरिक कोरोनाका सक्रिय संक्रमित रहेका छन। ब्राजिलले करिब करिब ४ लाख नागरिक यस कोरोनाकै कारण गुमाईसकेको छ। कोरोनाले नराम्रोसंग प्रभावित पारेको युरोप र अमेरिकामा अहिले कोरोना केहि हदसम्म नियन्त्रणमा आएको छ भने ब्राजिलको अवस्था दिनानुदिन बिकराल बन्दै गईरहेको छ।
  ब्राजिललाई पनि उछिन्दै भारतमा ऐले कोरोना संक्रमणको बिकराल रुप देखिएको छ। कोरोनाबाट सबैभन्दा नराम्रोसंग प्रभावित भारतको उत्तर प्रदेश, गुजरात र महाराष्ट्र राज्य रहेका छन।
 विभिन्न संचारमाध्यमले सार्वजनिक गरेका तस्विर, भिडियो फुटेज र जानकारीका अनुसार भारत यतिखेर कोरोना कहरको भयाभह अवस्थाबाट गुज्रीरहेको छ। अस्पतालमा बेडको अभाव छ, अक्सिजनको अभावमा बिमारीले तड्पी तड्पी प्राण त्याग्नुपर्ने अवस्था छ भने सबैभन्दा कहालीलाग्दो कुरा त लास जलाऊने स्थान नभएर सडक, पार्किङ्ग र खुल्ला चौरमा लासहरु जलाईएका तस्विर तथा भिडियोले हर कसैलाई चरम पिडाबोध बनाईदिएको छ।
  भारतमा पहिचान भएको कोरोनाभाइरसको नयाँ भेरिअन्टबारे विश्वभर वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। तर यो कति सङ्क्रामक छ वा भारतमा घातक दोस्रो लहर देखा पर्नुमा यो कारक हो कि होइन भन्ने थाहा भइसकेको छैन।
  पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार भारतमा ३ लाख ३२ हजारभन्दा बढी नागरिक कोरोनाका सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको सङ्क्रमणको सबैभन्दा ठूलो सङ्ख्या भएको बताइएको छ ।
  त्यसैगरी एकैदिनमा भारतमा ३ हजार जनाभन्दा बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन। यसरी कोरोना भाइरसको सङ्क्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।
भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट १ करोड ७० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ । अहिलेसम्म भारतमा सङ्क्रमणबाट मात्र एक लाख ९० हजारभन्दा बढीले ज्यान गुमाईसकेका छन।
  खुला सिमानाका कारण भारतमा कोरोना संक्रमण दर ह्वात्तै उच्च बिन्दुमा पुग्दा यसको चपेटामा नेपाल पनि पुन: आईपुगेको छ। नेपालको पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा हाल १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकले बताऊदछ।
   नेपालमा पनि एकैदिनमा १४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन।
  नेपालमा पनि भित्रभित्र भुसको आगोझैं सल्किएको कोरोना संक्रमितको ग्राफ उकालो लागीसकेको छ। अस्पतालका बेडहरु खचाखच भरिन थालेका छन। अक्सिजनको अभाव देखिन थालीसकेको छ भने सरकारको कोरोनासंग जुध्ने तयारी भने अत्यन्त न्यून र सुस्त देखिएको छ।
  स्वास्थ्यभन्दा ठूलो कुरा मानव जिवनमा अर्थोक केहि छैन। हामी नागरिक पनि सरकारको मुख ताकेत बस्नुभन्दा बेलैमा आफू सचेत र सुरक्षित भएर बस्नु मैं बुद्धिमत्ता देखिन्छ। शैक्षिक संस्था संचालकहरुले पनि बेलैमा सोंच्नु आवश्यक छ। महामारीको यस अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण चालू शैक्षिक गतिविधिहरु अहिलेलाई स्थगित गर्नु नै राम्रो हुनेछ। त्यसैगरि हरेक अभिभावकले पनि शैक्षिक संस्थाहरुसंग समन्वय गर्दै बालबालिकालाई कसरि सुरक्षित राख्ने र बैकल्पिक शिक्षाको बारेमा छलफल चलाऊनु जरुरी देखिन्छ।
  र, अन्त्यमा कोरोनाको सवालमा  बिल्कुलै लापरबाही नगरौं। उपलव्ध सम्पूर्ण स्वास्थ्य मापदण्डको सहिरुपमा पालना गरौं। सकभर घरमैं बसौं। आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं। हाम्रो सानो लापरवाहीले पछि आत्मग्लानी बोध नहोजाईओस।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१