ब्रेकिङ न्युज:

तिलोत्तमाका सम्पूर्ण शैक्षिक संस्था आजदेखि बन्द

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १६:१०

रुपन्देही : तिलोत्तमा नगरपालिकामा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु अर्को निर्णय नहुँदासम्मको लागि बन्द भएका छन् । नगरपालिका क्षेत्रमा समेत केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउन सक्ने निष्कर्ष निकाल्दै आइतबार बसेको नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख एवं सिसिएमसी संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, सामुदायिक तथा संस्थागत विद्यालय, अभिभावक, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मीका प्रतिनिधिहरुको सहभागिता थियो । बैठकले आजकैं मितिदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युशन सेन्टर, तालिम सेन्टर अर्को निर्णय नहुँदासम्मको लागि पूर्णतः बन्द गर्नुको साथैं सबै प्रकारका परीक्षाहरु समेत तत्काल स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

बैठकले सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गर्ने/गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने/नगराउने लगायतका निर्णय समेत गरेको छ । बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गर्ने/गराउने, विवाह, ब्रतन्ध, न्वारन, पास्नी, धार्मिक अनुष्ठान, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय समेत गरिएको बैठकपछि जारी सूचनामा जनाइएको छ ।

सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा न्यूनतम २ मिटरको भौतिक दुरी कायम गर्ने, पटक-पटक साबुनपानीले हात धुने अथवा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न बैठकले नगरबासीलाई आग्रह गरेको छ । यस्तै बैठकले भारतबाट आउने नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त, टोल विकास संस्थाहरुले कोरोना प्रोटोकलमा रहन सहजीकरण गर्ने तथा कुनै व्यक्तिलाई कोभिड–१९ को लक्ष्मण देखिएमा तत्कालै नजिकैंको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने वा यकिन गर्न कोरोना परीक्षण गर्ने/गराउने निर्णय समेत भएको जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१