ब्रेकिङ न्युज:

प्यारामाउन्ट घटनाको छानबिन गर्न समिति गठन

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १६:२१

रुपन्देही : तिलोत्तमा १ मा रहेको प्यारामाउन्ट बोर्डिङ स्कुलमा भएको घटनाको विषयमा छानबिन गर्न ५ जनाको समिति गठन गरिएको छ । विद्यालयको होस्टलमा बसेर अध्ययन गर्ने छात्रा प्रतिभा सापकोटाको निधनको सम्पूर्ण यथार्थसहित तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी सो समिति गठन गरिएको हो ।

आइतबार नगर प्रमुख एवं सिसिएमसी संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले सो निर्णय गरेको हो ।

बैठकले नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानबिन समिति गठन गरेको हो । बैठकले घटनाको विषयमा सबै पक्षलाई धैर्य र संयमित रहन अपिल समेत गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१