ब्रेकिङ न्युज:

स्टडील्याण्ड टी–१० क्रिकेटः गोर्खा वारियर्स सेमिफाइनलमा

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १९:११

रुपन्देही : भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगितामा गोर्खा वारियर्स सेमिफइनलमा प्रवेश गरेको छ । गोर्खाले आईतबार आरआर चिल्हियालाई ६ विकेट पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

सिद्धार्थ रंगशालमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आरआरले ५ विकेटको क्षतिमा ८२ रनको योगफल बनायो । उसका लागि दिपेश कंडेलले ३७ र दिपेश दासले २० रन बनए । बलिङमा गोर्खाका कृष्ण गिरीले २, सुभाष विक, करण विक र शेषदत्त थारुले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोर्खाले ९.१ ओभरमा ३ विकेटको क्षतिमा ८५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा महेश रानाले २८, सुभाष विक र अमित तामाङले नटआउट क्रमशः २६ र १५ रन जोडे । बलिङमा आरआरका अविनाश बश्यालले २ तथा दिवान पुनले १ विकेट लिए । सुभाष विक म्यान अफ द म्याच भए ।

सोमबार तिलोत्तमा क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१