ब्रेकिङ न्युज:

सबै तहका परीक्षा रोक्न सीसीएमसीको सिफारिस

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार २०:४४

काठमाण्डौ  : कोरोना भाइरसको सङ्क्रमण बढेसँगै कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्र (सीसीएमसी) ले सबै तहका परीक्षा रोक्न सिफारिस गरेको छ ।
आइतवार बसेको बैठकले परीक्षाका कारण कोरोना सङ्क्रमण थप जटिल बन्न सक्ने भन्दै सबै परीक्षा रोक्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले नेपाली नागरिक बाहेक अन्य देशका नागरिकलाई पनि स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ ।

कोरोना महामारीलाई ध्यानमा राख्दै नेपाली नागरिक बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाउनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । त्यसैगरी तराईका जिल्ला वा सहरी क्षेत्रमा ५ सय जना सक्रिय सङ्क्रमित देखिएमा अथवा पहाडी जिल्लामा २ सयभन्दा बढि सक्रिय सङ्क्रमित भएमा सम्बन्धित स्थानीय प्रशासनले निधेषाज्ञा लगाउन सक्ने अधिकार दिनपनि सीसीएमसीले सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१