Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

महामारीको मौका छोपी सुर्खेतका किराना पसलमा समेत कालोबजारी शुरु

जागरणपोस्ट १५ बैशाख २०७८, बुधबार ०७:३७

बिरेन्द्रनगर, सुर्खेत – कोरोनाको दोस्रो लहर फैलिएसंगै यसको नियन्त्रणका लागि भनेर सरकारले देशका कतिपय स्थानहरुमा केहि समयका लागि भनेर निषेधाज्ञाको तयारी गरिरहेको छ। निषेधाज्ञा अवधिभर अति आवश्यक सामाग्रीको अभाव नहोस भनेर बजारमा किनमेलको गर्नेको भिड देखिन्छ। तर, ब्यापारी भने यहिं मौकामा कालोबजारी गर्नतर्फ उद्दत रहेको देखिन्छ।

दृष्य हो कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको। सुर्खेत जिल्ला सदरमुकाम बिरेन्द्रनगरमा कतिपय ब्यापारीहरुले आजैबाट कालोबजारी शुरु गरि आम उपभोक्ता ठग्न लागीपरेका छन। दैनिक भान्छामा प्रयोग हुने खाने तेलदेखि लिएर पेट्रोल डिजेलसम्म कालोबजारी हुनेगरेको नाम उल्लेख नगर्ने शर्तमा स्थानिय एक उपभोक्ता बताऊँदछन।

उनका अनुसार हिजो बिहानपख करिब २ ट्रक खाने तेल गोदाममा भित्र्याएको बिरेन्द्रनगरकै ठूलो र पुरानो किराना पसल प्रधान स्टोर्सले दिऊँसो ग्राहकले खानेतेल किन्न जाँदा तेल बजारमा नै अभाव भएको बताऊँदै ग्राहकलाई रित्तै फर्काईदिएको बताऊँछन। “यो त सरासर कालोबजारी भयो, बिहान मेरै आँखाले ट्रकका ट्रक खानेतेल झारेको देखेको छु, दिऊँसो तेल माग्न जाँदा छैन भनेर ग्राहकलाई रित्तै फर्काईएको छ।” ती उपभोक्ताले भने।

अहिले ट्रकका ट्रक सामान झारेर राख्ने र बजारमा अभाव भएझैं देखाई निषेधाज्ञाको समयमा महंगोमा लुकिछिपी बेच्ने मनसाय हो, उपभोक्ताको गुनासो छ। बिहान २ ट्रक जति खानेतेल झारेको देखेर हामी तेल किन्न भन्दै आएको अहिले छैन भन्नुहुन्छ भनी सोध्दा प्रधान स्टोर्सका संचालक सुन्दर प्रसाद प्रधान झर्किएर बोल्ने गरेको पनि उपभोक्ताको गुनासो छ।

यतिमात्र होईन, पोहोरसाल लकडाऊनको बेलामा पनि उक्त स्टोर्सले अत्याधिक मात्रामा कालोबजारी गरेको स्थानिय उपभोक्ताको गुनासो छ। प्रधान स्टोर्स सुर्खेतकै पुरानो र ठूलो खाद्यान्न पसल हो।

सरकारले निषेधाज्ञा लगाऊने हल्लासंगै सुर्खेतमा कालोबजारी ह्वात्तै मौलाएको छ। खानेतेल मात्र होईन, बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव देखिन थालीसकेको छ।

सुर्खेतमा मौलाऊंदै गएको कालोबजारीबारे प्रमूख जिल्ला अधिकारी छविलाल रिजालसंग सम्पर्क गर्दा कालोबजारी गर्नेलाई कारवाही हुने बताएका छन। महामारीको बेला सहयोगी बन्नुको सट्टा कालोबजारी गर्नखोज्ने हर कोहि ब्यापारीलाई दोषी पाईएको खण्डमा कारवाही गरिने बताएका छन। प्रशासनले बजार अनुगमनलाई तिव्र बनाई कालोबजारी रोक्नेतर्फ कदम चाल्नेछ, यदि कोहि ब्यापारीले महामारीको मौका छोपी कालोबजारी गरेको पाईएको खण्डमा कालोबजारी ऐन अन्तर्गत कडा कारवाही गरिनेछ – उनले भने।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७