ब्रेकिङ न्युज:

वीरगञ्जमा दुई दिनमा ७ संक्रमितको मृत्यु

जागरणपोस्ट १५ बैशाख २०७८, बुधबार ०७:५५

काठमाण्डौ : वीरगञ्जमा कोभिड–१९ संक्रमणले मंगलबार साँझ थप एक जनाको मृत्यु भएको छ । यससँगै मंगलबार मात्रै वीरगञ्जमा कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका– २ का ७२ वर्षीय बृद्धको मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । सोमबार नै उनको स्वाब संकलन गरि एन्टिजेन विधिबाट कोभिड परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था झन जटील बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए ।

मंगलबार नै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बाराको परवानीपुरका ४५ वर्षीय संक्रमित पुरुष, वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । वीरगञ्जमा मंगलबार र सोमबार गरि दुई दिनमा कोभिडले ७ जनाको मृत्यु भएको छ ।

कोभिडको दोश्रो लहर शुरु भएयता वीरगञ्जमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । वीरगञ्जको नारायणी अस्पतालमा १४ जनाको, नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१