ब्रेकिङ न्युज:

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १४:२६

काठमाण्डौ : सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ । शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहने छ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयरका लागि आजदेखि आवेदन खुला भएको हो ।

आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।

यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।

कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा छ । पछिल्लो समय आवेदकहरुको सङ्ख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता पनि धेरै कमले मात्रै पाउँछन् । त्यसैले १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१