सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

मुलुक यतिखेर कोरोना कहरको चपेटामा छ। देशका विभिन्न स्थानहरुमा निषेधाज्ञासंगै नागरिकहरु अलपत्र पर्ने क्रम बढ्दो छ। अस्पतालहरु कोरोनाका बिमारीले खचाखच छन, तर अस्पतालमा आवश्यक अक्सिजन र मेडिकल सामाग्रीहरुको अभाव छ। दिनहुँ दर्जनौंको संख्यामा नागरिकले कोरोनाका कारण ज्यान गुमाऊनु परेको छ भने हजारौंको संख्यामा कोरोना संक्रमित दिनहुँ थपिंदैछन।

मुलुकको यो जटिल अवस्थामा मुलुकका शासकिय बृत्त भने राजनीतिको घृणालग्दो खेलमा रुमल्लिएका छन। सत्ताको जोडघटाऊ, सांसद किनबेच तथा अपहरण, मन्त्रीमण्डलको भागबण्डा र एकले अर्कोको धज्जी उडाऊने प्रतिस्पर्धामा राजनैतिक बृत्त रुमल्लिएको छ।

लोकतन्त्रका सामान्य सिद्धान्त, आदर्श, मूल्यमान्यता र नैतिकतालाई पूर्णरुपमा तिलस्मी दिंदै राजनैतिक दलहरु संसदिय ब्यवस्थाको घृणित कुकर्ममा लागिपरेका छन। केन्द्रले देखाएको राजनैतिक अपराध को मनोबृत्त प्रदेशसभाहरुमा उसैगरि उछालिएको छ जसरि केन्द्रमा सांसदहरुको बिकृतिको बिकार जमेर बसेको छ।

राजनैतिक दलहरुले राजनीतिलाई अपराधिक मनोवृत्तिको तवरले परिचालन गरेका छन। चुनाव जित्नदेखि लिएर सत्ताको लिस्नो उक्लिऊन्जेलसम्म दलहरुले राजनैतिक अपराध जस्ता कूकर्म मात्र गरेका छैनन अपराधिक मनोवृत्तिलाई समेत  प्रोत्साहन गरेका छन। सत्ता समिकरणको जोडघटाऊमा होस या राज्यलाई दूरगामी प्रभाव पार्ने गतिविधि नै किन नहोऊन, दलहरु हरेकपटक राजनैतिक अपराधभन्दा माथी उठ्न सकेका छैनन।

कर्णालीमा सांसदहरुले `फ्लोर क्रस´ गरेको घटना होस या लुम्बिनीमा अविश्वास प्रस्तावको चलखेल नै किन नहोस, दलहरुले सम्पूर्ण लोकतान्त्रिक मूल्यमान्यता र नैतिकतालाई कुल्चेरै भएपनि राजनैतिक अपराधको पक्षपोषण गरेका छन।

संसदीय ब्यवस्थामा सदनमा टेबुल अविश्वास प्रस्तावको सामना गर्नुपर्ने दायित्त्व प्रधानमन्त्रीको हुन्छ, प्रदेशसभाको हकमा मूख्यमन्त्रीको हुन्छ। तर, केन्द्रमा अविश्वास प्रस्तावको सामना गर्न नसकेर संसद नै विघटन गरिन्छ भने प्रदेशमा पनि सांसद किनबेच, संसद बैठक स्थगन, मन्त्रीपदमा मोलमोलाईको कुरुप राजनैतिक तस्विर छरपष्ट देखिएका छन। कर्णाली, लुम्बिनी, प्रदेश १ हुँदै गण्डकी प्रदेशको पछिल्ला घटनाक्रम यिनै राजनैतिक अपराध र कुरुपताका तस्विरहरु हुन।

गण्डकी प्रदेशमा हिजो जेजस्ता घटनाक्रमहरु बिकशित भए ति घटनाक्रमले समग्र राजनैतिक पद्धतिको धज्जी उडाएको छ। लोकतन्त्रको शिर निहुरिएको छ। सत्ताको अंकगणितमा राजिनीतिलाई अपराधिक प्रवृत्तिमा रुपान्तरण गर्दै लजाने दलहरुको यस्ताखाले हर्कत प्रदेशसभाहरुमा समेत देखापर्नुले संघियताको मर्ममाथी नै प्रहार गरेको छ। संघिय प्रदेशहरुको स्वतन्त्रतामाथी नै गम्भिर प्रश्नचिन्ह उठेको छ। दलहरुद्वारा गरिएको राजनीतिमा अपराधीकरण र अपराधी राजनैतिक कर्मले गर्दा समग्रमा देश नै संकटको भूमरीमा फस्दै गएको छ।

यो पनि पढ्नुहोस् – कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६