ब्रेकिङ न्युज:

एमालेको प्रदेश कमिटीले पायो पूर्णता

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार २०:४०

कर्णाली : नेकपा (एमाले) ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।

एमालेले यसअघि प्रदेश कमिटीका पदाधिकारीको चयन गरिसकेको थियो । पदाधिकारीमा यामलाल कँडेल प्रदेश इञ्चार्ज, लक्ष्मी पोखरेल र गुलावजङ्ग शाह सहइञ्चार्ज, गोरख बोगटी अध्यक्ष तथा धर्मराज रेग्मी सचिवको जिम्मेवारीमा रहेका छन् ।

सचिव रेग्मीका अनुसार सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, जिल्ला पार्टी अध्यक्ष, जिल्लास्तरका अगुवा नेता, पेशागत क्षेत्रबाट पार्टी सङ्गठनमा योगदान पुर्याएकालाई समेटेर कमिटी पूर्णता दिइएको छ । उनले अन्तरपार्टी निर्देशनबमोजिम साङ्गठनिक कामलाई तीव्रता दिने, तोकिएको समयमा मातहतका कमिटीका अधिवेशन सम्पन्न गर्न तयारी गर्ने, कोरोना भाइरस महामारीलाई रोकथाम तथा नियन्त्रणमा राज्यका निकायलाई सहयोग पुर्याउन स्वयंसेवक परिचालन गरिने बताए ।

एमालेले आगामी मङ्सिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । त्यस्तै आगामी भदौ ५ गते वडा, भदौ १५ गते पालिका, भदौ ३० गते जिल्ला तथा असोज २३ गते प्रदेश अधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१