अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता सम्पन्न

जागरणपोस्ट १९ बैशाख २०७८, आईतवार ००:२०

बङ्गलादेशकी इभान्जलिना बल प्रथम

बोस्टन ,अमेरिका //

गैरआवासिय नेपाली सङ्घको भाषा ,साहित्य , संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा गैरआवासीय नेपाली युवाहरु बिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता आज सम्पन्न भएको छ । जसमा बङ्गालदेशकी इभान्जलिना बलले प्रथम हुँदै एकहजार डलरको पुरस्कार हात पारेकी छिन । त्यसै गरि अभिनव गिरी , जापानले द्दितिय हुँदै पाच सय अमेरिकिन डलरको पुरस्कार जितेका छन भने पोर्चुगलकी मानस्वी खरालले तीन सय डलरको तृतीय पुरस्कार जितेका छन । त्यसै गरि अङ्ग्रेजी भाषाका कविता तर्फ उत्कृष्ट भइ अमेरिकाकि ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन ।

 

कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बिजेता कविहरुलाई बधाई दिदै दोश्रो पुस्ताका गैरआवासिय नेपालीहरुको पुस्ताले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रबर्द्धन गर्न बिशिष्ट भुमिका खेल्नु पर्ने र यसमा एनआरएनए र अनेसास लगाएतका सस्थाले अग्रणि भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । उहाँले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्नेछ भन्नू भयो ।

कार्यक्रममा विशिष्ट अतिथी पुर्व कुलपती एबम मुल्यांकन समितिका प्रमुख बैरागी काइला , नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पुर्व कुलपती सरुभक्त , एनआरएनएका अध्यक्ष कुमार पन्त , पुर्व अध्यक्ष जिवा लामिछाने र भवन भट्ट , अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदी , अनेसास ट्र्ष्टी अध्यक्ष गीता खत्री , वरिष्ठ साहित्यकारहरु अशेष मल्ल , दिनेश अधिकारी , प्रकाश सायमी , प्रभा भट्टराई र डा. बिन्दु शर्माले आआफ्ना रचना वाचन र शुभकामना मन्तव्य दिनु भएको थियो ।

त्यसैगरी अतिथी कविहरु रबिन शर्मा ( जापान ) , हिमान्शु निभा कुवर ( अमेरिका ) , तिर्थ सङ्गम राई ( कतार ), गणेश खडका ( अफ्रिका ) , इसिका अधिकारी ( युरोप ), केशव सिग्देल ( नेपाल ) , गोबर्द्दन पूजा ( अमेरिका ) र प्रविना बराल ( जापान ) ले अथिती कवीको रुपमा आ आफ्ना कविता वाचन गरेका थिए ।

आयोजकका तर्फबाट एनआरएनएका पुर्व कोषाध्यक्ष एब भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा , एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्बज्ञ वाग्लेले धन्यवाद गर्नु भएको थियो ।

 

मुल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य बिभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत नामको घोषणा गर्नु भएको थियो ।

 

साठीजना प्रतियोगी मध्यबाट अन्तिम चरणमा पुगेका कविहरु अभिनव गिरी , अंशु सुवाल , आगत खरेल , इभान्जलिना बल , गुन्जना न्यौपाने , गङ्गा फुयाल , मानस्वी खराल , समृद्धि नेपाल ,सरला बराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए ।

एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारस मणि पोखरेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले गरेका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६