ब्रेकिङ न्युज:

प्रेसमैत्री बजेट ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण

जागरणपोस्ट १९ बैशाख २०७८, आईतवार १८:१४

काठमाण्डौ : नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले पे्रसमैत्री बजेट ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घ टोलीले आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समेट्नुपर्ने विषयबारे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा आमसञ्चार प्रतिष्ठान स्थापना गर्न, प्रदेश समिति लगायत आफ्नै भवन तथा जग्गा नभएका जिल्ला शाखाको भवन निर्माण, पत्रकारको पेशागत सुरक्षाका लागि कल्याणकारी कोष स्थापना गर्न, १० जिल्लाका पत्रकारका लागि क्षमता विकास, लेखनवृत्ति जस्ता कार्यक्रममा बजेट विनियोजन गर्न माग गरिएको छ ।

महासङ्घ प्रदेश समितिका सचिव दीपक बुढाले पत्रकारिताका विभिन्न शीर्षकमा रु ५ करोड ५० लाख बजेट विनियोजन गर्न माग गरिएको बताए । ज्ञापनपत्र बुझ्दै सरकारका प्रवक्ता समेत रहकी आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले पत्रकार महासङ्घको सुझावका आधारमा सञ्चार क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाईन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१