ब्रेकिङ न्युज:

सुदूरपश्चिम प्रदेशमा आठ दिनको अवधिमा ४३ सङ्क्रमितको मृत्यु

जागरणपोस्ट १९ बैशाख २०७८, आईतवार १८:३१

डोटी : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।

निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

यसैगरी, भारतबाट रोजगरी गरी घरफर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना सङ्क्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना कहर शुरु भएदेखि हालसम्म प्रदेशभर कोरोना सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका नागरिक रहेका छन् । कोरोना सङ्क्रमित् हुने दर बढेसँगै मृत्यु हुने दर पनि बढ्दै गएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थिले जानकारी दिए । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा गत वैशाख ११ गते शनिबार ११०, यस्तै १२ गते आइतबार ५७, सोमबार ६७, मङ्गलबार २८३, बुधबार २८९, यस्तै बिहीबार २४६ र शुक्रबार १९१ जना सङ्क्रमित फेला परेको निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी, आठ दिनको अवधिमा १६८ जना सङ्क्रमित कोराबाट निको भएका छन् । प्रदेशको नौवटै जिल्लाको तथ्याङ्कका आधारमा गत शनिबार ४७ सङ्क्रमितले कोरोना निको भइ घर पकिएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले बिभिन्न योजना अघि सारे पनि यहाँको प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रण हुन सकेको छैन । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकहरूको स्वास्थ्य जाँच नगरी सिधै गाउँमा जाने गरेका कारण यहाँका गाउँ घरमा कोरोनाको जोखिम बढेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१