ब्रेकिङ न्युज:

थप खोप ल्याउन पहल भइरहेको अर्थमन्त्री पौडेलको भनाई

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १०:०६

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको पहुँचमा ल्याउन थप खोप ल्याउने पहल जारी रहेको बताएका छन् । जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट खोप ल्याई नागरिकहरूलाई लगाइएको भन्दै उनले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले जनताको जीवनरक्षा यतिवेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् । कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै उनले आ-आफ्ना ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष ०७८/७९ बजेटसम्बन्धी दिएको सुझाब लिएपछि अर्थमन्त्री पौडेलले कोभिड-१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा रहेको बताए । ‘कोभिड-१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका वेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने देखिएको छ,’ उनले भने, ‘पहिले जनताको जीवनरक्षा र त्यसपछि यस्ता अन्य विषयमा ध्यान केन्द्रित हुनेछ ।’ उनले वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए ।

सेजनले कोरोनाका कारणले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन आगामी वर्षको बजेटमा ल्याउनुपर्ने तत्कालीन राहत प्याकेजका साथै मध्यकालीन र दीर्घकालीन रूपमा समेट्नुपर्ने विषयलाई समेटेर अर्थमन्त्रीलाई सुझाब दिएको छ । सेजनले व्यक्तिगत आयकरमा छुटको सीमा बढाउन, अन्य करका दरहरूमा सहुलियत दिन तथा दायरा बढाउन, पुनरुत्थानका लागि प्याकेजहरू ल्याउन, अनुत्पादक खर्चहरू कटौती गर्न, उत्पादन तथा निर्यात वृद्धि गर्ने कार्यक्रम ल्याउनलगायत सुझाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१