ब्रेकिङ न्युज:

लुम्बिनीमा अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने, डीआईजीलाई निलम्बन गर्न माग

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार ११:१९

रुपन्देही : लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्ति गैर संबैधानिक भएको बताएका छन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले अल्पमतको सरकार गठन गरेर मुख्यमन्त्रीको रुपमा सपथ लिने शंकर पोखरेलको कदमलाई गैरसंवैधानिक र गैर लोकतान्त्रिक भनेका हुन् ।

आईतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार दाबी गर्दै साँझ पुनः मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका थिए ।

विपक्षी दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कुमार कनौडियाले शसस्त्र प्रहरी बल, जनपद प्रहरी लगायतको बल लगाएर अपहरण शैलीमा प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा लगी पोखरेलले सपथ ग्रहण गरेको आरोप लगाए । विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । त्यस्तै गठबन्धनले आईतबार साँझ सपथ रोक्न बिरोधमा उत्रेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग गरेको आरोप लगाउँदै उनको निलम्बनको पनि माग गरेका छन् ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रहरी प्रमुखको संलग्नतामा बल प्रयोग हुनु गैर लोकतान्त्रिक काम भएको भन्दै महिलालाई हातपात र दुव्र्यवाहर गर्ने प्रहरीलाई निलम्बन गर्नुपर्नेे बताइन् । डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१