ब्रेकिङ न्युज:

लुम्बिनी प्रदेशका दुई सांसद फेरि मुख्यमन्त्रीतिर लागे

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १३:१४

काठमाण्डौ : हिजोसम्म लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा रहेका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमालेमै प्रतिबद्ध रहने बताएका छन् ।

कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्म बहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार एक विज्ञप्ति मार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई नै रहेको बताएका हुन् ।


विज्ञप्तिमा भनिएको छ,‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं । सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनैतिक रूपमा स्वाभाविक विषय हो ।’

उनीहरुले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका थिए । तर सूर्य चिन्हधारी हुँदाहुँदै पनि पार्टी नीतिविपरीत गएको भन्दै आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री समेत रहेका र सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठीसँग छलफल गरेका थिए । प्रधानमन्त्री सँगको छलफल र सम्भावित कारवाहीको भय तथा विपक्षी गठबन्धनलाई साथ नदिने निर्देशनसँगै उनीहरूले आफ्नो मनस्थिति बदलेको हुनसक्ने अनुमान लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१