ब्रेकिङ न्युज:

खेतीयोग्य जमिन नासिँदै गएका बेला तिलोत्तमाकी सावित्रा भने कौसी खेती मा ब्यस्त

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १४:५१

नारायण वली

रुपन्देही : रुपन्देहीमा पछिल्लो समय कौसी खेती फस्टाउँदै गएको छ । विचौलियाहरुले गर्दा खेतीयोग्य जमिन नासिँदै गएका वेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक गृहिणीले फुर्सदिलो समयमा युट्युबको माध्यमवाट समयको सदुपयोग गर्दै, घरको छत हराभरा बनाउन सफल भएकी छिन् ।

शहरमा एउटा घर बाहेक अन्य जग्गा नभएको र अन्य व्यवसायमा आत्मनिर्भर भएकारु बजारमा छिमेकी देश भारतबाट आयत भएको तरकारी खानुपर्ने एक मात्रै उपाय हुन्छ । तर, समय र जाँगर चलाएमा जग्गा नभएपनि घरको छत माथि धेरै थरिका खेती गर्न सकिने ज्वलन्त उदाहरण बनेकी छिन्, रुपन्देही स्थित तिलोत्तमा नगरपालिका वडा नं.५ की सावित्रा भण्डारी

भण्डारीले कोरोना भाईरसबाट बच्नका लागि गरिएको लकडाउनका बेला घरमा बसेको समयमा युट्युबको माध्यमबाट कौसी खेती सिकेको बताउँछिन् । वर्षले २९ वर्ष पुगेकी भण्डारी कौसी खेती गर्नेमा लुम्बिनी प्रदेशको पहिलो गृहिणी हुन् । पछिल्लो समय कौसी खेतीबाट चर्चा कमाउन थालेकी भण्डारीको छतमा गरेको कौसी खेतीको लुम्बिनी प्रदेशकी पूर्व कृषि मन्त्री आरती पौडेलले समेत अवलोकन गरेसककी छिन् ।

गमला र पोलिथिन ब्याग जस्ता विभिन्न प्रकारका भाँडाहरुमा माटोसँगै प्राङगारिक मलको मिश्रण गरेर छतमा बेमौसमी फूल र तरकारी लगाएर ढकमक्क हरियाली बनाएकी छिन् । जुन हरियालीमा हिजोआज टिकटक र सेल्फी खिच्नेहरूको भिड लाग्ने गरेको उनै कौसीखेती अभियन्ता भण्डारीले बताईन् ।
‘सहरमा घर हुनेहरू सबैको करेसाबारी नहुन सक्छ । खाली जग्गा र करेसाबारी नभएकाहरूले चासोका साथ जाँगर लगाउने हो भने, आफ्नै घरको छतमा घरमा उपभोग हुने तरकारी उत्पादन हुनुको साथै व्यावसायिक रुपमा विस्तार गरेर आर्थिक क्रान्ति गर्न पनि सकिन्छ’ उनले भनिन् ।

१० धुर क्षेत्रफलमा बनेको उनको घरको छतमा अहिले काउली, गोलभेँडा, बन्दा गोभी, सिमी, खुर्सानी, रायाको साग, लसुन, प्याज लगायतका तरकारी फलेको देख्दा जोकोहीको पनि मन लोभिन्छ । छतमै तरकारी फल्न थालेपछि भण्डारीले करिब ४ महिना यता हाटबजारबाट तरकारी किन्न नपरेको हर्ष व्यक्त गरिन् ।

भण्डारीले अब बुटवलमा कौसी खेतीका लागि आवश्यक सामानको जोहो गरेर कौसी खेतीलाई विकसित गर्नको लागि तालिम दिने योजना बनाएको पनि सुनाइन् । साथै कौसीखेतीबाट विषादीयुक्त तरकारी उत्पादन गर्न सकिने विश्वास समेत व्यक्त गरिन् ।

 

यो पनि पढ्नुहोस् – सफलताको कथा – तरकारी खेती गरेरै मनग्ये आम्दानी

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१