ब्रेकिङ न्युज:

स्याङजामा मंगलबारदेखि १० दिनसम्म निषेधाज्ञा

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १७:०४

स्याङ्जा : स्याङजामा मंगलबारदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते मध्यराति १२ बजे १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने जनाएका हुन् ।

कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उनले बताए ।
निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक बाहेक अनावश्यक हिँडडुल गर्न नपाइने व्यवस्था छ । अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म दिनको एकपटक मात्र खोल्न पाइने छ । अत्यावश्यकसँगै प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइने छैन ।

जिल्लामा आइतवार साँझसम्म २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २१ जना सामान्य उपचारमा, १८८ जना होम आइसोलेनमा र ३ जना क्वारेन्टिनमा उपचारत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१