ब्रेकिङ न्युज:

गस्ती गर्ने क्रममा चट्याङ लागेर प्रहरीको मृत्यु

जागरणपोस्ट २१ बैशाख २०७८, मंगलवार ०९:५४

झापा : चट्याङ लागेर झापामा एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत सहायक प्रहरी निरीक्षक महादेव ठाकुर रहेका छन् ।

साइकलमा गस्ती गर्ने क्रममा गयराति १० बजे वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१