ब्रेकिङ न्युज:

देश परिवर्तनमा युवापुस्ताको भूमिका

जागरणपोस्ट २१ बैशाख २०७८, मंगलवार १४:१४

“देशको भुगोल , राजनिति, स्व धर्म, शिक्षा, अनुशासन र संस्कार र पुर्ख्यौलि नै बिर्सिएका दुर्बेसनि युवा समाजको अर्को चुनौतिका रुपमा देखिदै छन।”

 

शर्मिला ज्ञवाली//

रोग र भोकले आजकल पिल्सि रहेका युवाले शिक्षा, स्वास्थे, रोजगार, अधिकार र अवसरमा देख्न चाहेका परिवर्तनहरु संघिय लोकतान्त्रिक र गणतान्त्रिक ब्यवस्थामा अझै सम्म अनभुति हुन नपाउदाको चीत्कार आजभोलि हुने गरेका राजधानिका प्रदर्शनहरु हुन। कमजोर न्यायालय, कमजोर अख्तियार, कम्जोर प्रहरि प्रशासन, खुलेआम राष्ट्रिय झण्डामा आगलागि, पटक पटक बलत्कार , हत्या, हिम्सा , अराजकता, दुर्वेसनि , एसिड आक्रमण, चरम भ्रष्टाचार, माफियातन्त्र, अन्तराष्ट्रिय दबाव, सिमा बिबाद, नाका बन्धि, कालो बजार , महङ्गिहरुमा दण्डहिनताको पराकाष्टले देश ठुस्स गनाहि रहदा युवा आन्दोलनमा उत्रिनु स्वभाबिक हो।

 

युवा भित्र स्वस्फुर्त रुपमा पुर्वाधार बिकास र बिस्तारमा आएका बैज्ञानिक बिचारहरु समयमै सम्बोधन हुन नसक्नु ब्रेन ड्रेनको गति तिब्र भएर दक्ष युवा बिदेश पलायन हुन बाध्य हुनु हो। शिक्षित बेरोजगारहरुले देशमा शान्ति अमन चयन रोजगार अधिकार बिकास र निकाशका लागि एक झिल्को आशमा लडि ल्याएका अनेकौ राजनितिक ब्यवस्था स्थापना र परिक्षणका १४ औ बर्ष बिति सक्दा र प्रजातन्त्र पछिको नेपाल र नेपालिको ७ दशक राजनितिक यात्राले अझै दिन नसकेको सन्तोषको बिकास र निकासको कहर नै आज भोलिको नेपाल हो।

शिक्षा , बिज्ञान , खेल, संगित, मनोरञ्जन देखि बिकास निर्माणको काम सम्म युवा पुस्ताको उपस्थिति पातलो छ। बैदेशिक रोजगारिका लागि आफ्नो जीवन , पारिवारिक सुख, भोग र बिलास त्यागेर देशका लागि युवा बिदेशमा छन। रेमिट्यान्सको उचित ठाउमा सरकार पक्षबाट लगानि नहुदा, नेपाली राजनितिक खिच्चातानि, ढिलो आर्थिक बिकास, राष्ट्रिय चुनौतिका बिषय, सरकारको कामशैलि फोस्रो आश्वासन, अबैज्ञानिक नीति, नियम, कानुन, दण्डहिनताको पराकाष्टा र भ्रष्टाचार देखेर युवा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतबाट सामाजिक रुपमा खुलेआम आक्रोष पोद्दैछन र आन्दोलनका लागि अनेकौ गुट उपगुट बनाउदै छन।

देशको भुगोल , राजनिति, स्व धर्म, शिक्षा, अनुशासन र संस्कार र पुर्ख्यौलि नै बिर्सिएका दुर्बेसनि युवा समाजको अर्को चुनौतिका रुपमा देखिदै छन जस्ले ब्यक्ति, परिवार , समाज, राष्ट्र र राष्ट्रियतालाई ठुलो हानि हुदैछ। स्वस्थ जनशक्ति हुने संभावनाहरु स्कुल र कलेज लेभल देखिनै ड्रग्सको दुर्बेसनिमा फसाउने नीति स्वदेशको हो या बिदेशको कालानन्तरमा यसले देशलाई बर्बादि बनाउछ। यसैले युवालाई टोल टोलमा परिचालन गर्ने , ब्यक्तित्व बिकास गर्ने रुचि अनुसारको सीप, तालिम र सिप सँगै अन्तरनिहित तथा सृजनशिल कला , खेल, अभ्यास र अवसरका लागि सहि ठाउँ र सहि ब्यवस्थापन स्थानिय सरकारले गरिदिनु आजको आवश्यक्ता हो। युवाहरु शारिरिक, मानसिक र सामाजिक रुपमा सकृय हुनु भनेको देश बलियो हुनु हो।

युथ क्याम्पिङ गर्ने, सामजिक कार्यमा युवा आकर्षण बढाउने, सकरात्मक पथमा युवा हिडाउने, दुर्बेसनि बिरुद्द काम गर्ने , सामाजिक निर्णय लिन आत्मबिश्वासि बनाउने, युवाका प्राप्त ज्ञानहरु शिल एकता कायम गरि रोजगारिका लागि अवसर सृजना गरिदिने युवा नेतृत्व आजको आवश्यक्ता हो। त्यसैले शिक्षा धर्म , संस्कार , चरित्र, अनुशासन र ईमानदारिताको रसिले युवालाई कस्दै उनिहरुको क्षमता पहिचानका आधारमा ईच्छा, चाहाना र खुशि अनुसारको कार्य क्षेत्र तयार पार्दै अवसर प्रदान गर्नु स्थानिय सरकार र तहको कर्तब्य हो। आजकल हाम्रो समाजवरिपरि ठस्स गनाई रहेका सामाजिक बिबृति र समस्याहरुको पहिचान गराउदै ू राम्रो नेपाल हाम्रो नेपालू निर्माण एबम् राष्ट्र पुनर्निर्माणको यात्रामा जिम्मेवार नागरिक बनाएर द्रुत समाधान दिन सक्ने युवाहरुको नेतृत्व बिकासमा आजकल देश हिड्न टड्कारो देखिन्छ।

बिश्वको ईतिहासलाई मध्यनजर गर्ने हो भने युवा शक्ति कुनै पनि रास्ट्रको राजनितिक, आर्थिक, सामाजिक, सास्कृतिक र धार्मिक परिवर्तनको सम्बाहक हुन भन्नुमा कुनै अतिशयोक्ती पक्कै नहोला तर नेपालको सन्दर्भमा के साच्चिकै युवा शक्ति देश परिवर्तनका सम्बाहक बन्ने अवसर पाएका छन त ? राज्यले साच्चै युवाहरुलाइ देश बिकासको अग्र मोर्चामा समाहित गरेको छ त ? यस्तो अवस्थामा नेपाली युवा पुस्तालाइ रास्ट्रनिर्माणका स्तम्भ भन्न पक्कै मिल्दैन किनभने युवा पुस्ताले जे चाहेको छ त्यो राज्यले ब्यवस्था गर्न सकेको छैन । नेपालमा कुल जनसङ्ख्याको ४२.३६५ युवाबर्ग नेपालका समग्र पक्षप्रती सन्तुष्ट छ भन्न सक्ने अवस्था छैन ।

युवा भनेका जनसंख्याको सर्वोच्च सक्रिय, क्षमतावान, उर्जावान र गतिशिल मात्र होइन मानव संसाधनको अभिन्न अङ्ग पनि हुन, हरेक राजनितिक परिवर्तनलाई सस्थागत गर्दै रास्ट्र निर्माणमा अथाह शक्तिको सामर्थ्य राख्न सक्ने अदम्य साहास र शक्तिका केन्द्रबिन्दु हुन । उनिहरु युवा अवस्थामा जस्तोसुकै कठिन भन्दा कठिन परिस्थितिको मुकाबिला गर्न सक्ने स्काभेटर जस्तै हुन जसले क्षणभरमै भत्काएर क्षणभरमै उथलपुथल ल्याउने सम्भावना राख्छन ।

तर बिडम्बना नेपालमा आमूल परिवर्तनको अग्रपंक्तिमा युवाको नाम भासण, चियापसल र भट्टिहरुमा मात्र सिमित छ । जतिबेला आन्दोलन र संघर्षको महसुस हुन्छ तब मात्र युवाको आवस्यकता ठान्ने र अन्य सहज परिस्थितिमा युवा सशक्तीकरणका सन्दर्भमा राज्यको ध्यान गएतापनी युवाका लागि बिनियोजन गरेको बजेटमा समेत ठुलाबडाको हालिमुहाली हुन्छ । बर्सेनि युवालाइ प्राथमिकतामा राखेर तर्जुमा र फर्छोयौट भएका बजेटका ठेलिहरुले खै कहाँ कहाँ कति कति कस्तो खालको नजिता ल्यायो ? आन्दोलनको सफलता र अन्त्यपछी राज्यले युवामाथी राखेको दृस्ठिकोणले युवाहरु निराशा ,कुण्ठा र हिनताबोधले पिल्सिएर निरीह जीवन बाच्न बिवश छन ।

नेपालका राजनीतिक शक्तिहरुले राजनीतिक परिवर्तन मात्र चाहेर आर्थिक सामाजिक, सास्कृतिक परिवर्तन नचाहेको जस्तो देखिन्छ । यसका लागि खासै टाढा जानू पर्दैन छिमेकी रास्ट्र चिनलाइ मात्र नियाल्ने हो भनेपनी युवा शक्तिलाइ देशबिकासको केन्द्रमा राखेर सहि ढंगले परिचालन गर्दा पाँच बर्शमा अर्ध-सामन्ती र अर्ध-औपनिबेशिक चिनलाइ मुक्त गराइ सम्पन्न रास्ट्र त्यसमा पनि बिश्वमा हरेक हिसाबले प्रतिस्पर्धी मुलुक बन्न सफल भएको छ । चिनमा यस प्रकारको आधिबेहेरी ल्याउनमा चिनियाँ युवाहरुको भुमिका अग्रस्थानमा रहेको हामी सुन्न र देख्न पाउछौ । रास्ट्र निर्माणमा युवाशक्तिको भुमिका अथाहा र चौतर्फी हुन सक्दछ र बर्तमान अवस्थामा नेपालले युवा पुस्ताबाट ठूलो लाभ लिएर बिकास र समृद्धिको मार्गमा विशाल छलाङ मार्न सक्ने महत्वपूणर् जिम्मेवारी पाएतापनि राजनितिक सङ्क्रमणका कारण अपेक्षाकृत योजनाको तर्जुमा र कार्यान्वयन हुन सकेनन ।

नेपालले युवा परिचालन गर्ने र युवा देश निर्माण नीति ल्याएको खण्डमा युवा पुस्ताले पहाड सम्याउने र चट्टान तोड्ने अदम्य साहास राख्छन, जसका लागि राज्यले गाँस , बास, कपास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी मात्र गरिदिएपनी आम युवाजमात आजिवन एज अ भोलेन्टियर रास्ट्र निर्माणमा अहोरात्र खटिन सक्छन के यो किसिमको सेवा रास्ट्रले आम युवालाइ दिन सक्छ? हिजो गणतन्त्र स्थापना गर्ने, राजा फाल्नका लागि भौतिक रुपमा आफ्नो ज्यानको उत्सर्ग गर्न त कतिपनी नडराउने नेपाली युवाहरु आज पनि त्यतिकै मात्रामा रचनात्मक र सिर्जनात्मक काम गरेर रास्ट्रलाई सु-सम्पन्न बनाउन आतुर छन । विश्व सर्वहारा बर्गका नेता माओले भनेका छन । “ए युवाहरु यो सन्सार तिमिहरुको हो, हामिहरुको पनि हो तर फेरि तिमिहरुकै हो । “कुनै पनि रास्ट्रलाइ समुन्नत, सभ्य, सुसूचित र समृद्ध बनाउन युवाबर्गको भ्यालु कति हो भन्ने कुरा माथिको लाइनबाट प्रस्ट छ ।

आखिर के कारणले गर्दा पुरा हुन सकेन बर्सौ देखि समृद्ध नेपालको सपना? देशमा भएका अधिकाङ्श युवाहरु किन सजिलै आफ्नो मुलुक छोडेर बिदेशि भुमिमा टण् डिग्रीको घाममा ६० डिग्रीको घाममा बेल्चा चलाउन, दैनिक अर्काको दास बनेर आफ्नो जिवनको अत्यन्तै महत्त्वपूणर् समय परदेशमा खर्च गर्न, आफ्नो ज्यानको बिना कुनै सुरक्षा जस्तोसुकै काम गर्न तत्पर त्यतिमात्र होइन आफ्नो परिवारलाई दुइ छाक खान एकसरो लाउन र आफ्ना सन्तानलाइ क, ख सिकाउनका लागि संघर्ष गर्दागर्दै बाकसमा फर्कन बाध्य छन उनिहरु? नेपालमै रहेका धेरैजसो युवा कामको सम्मानको सस्कृती नपाएर, पढाई अनुसारको काम नपाएर, आर्थिक बिपन्नताकै कारण आफ्नो रोजाइको बिसय पढ्न नपाएर, लागुपदार्थ र दुर्व्यसनिमा लागेर दिनानुदिन सुसाइड जस्तो भयङ्कर घटाउन बाध्यकारी अवस्थाको सिर्जना कसरी भैरहेको छ ?

यति हुुंंदाहुँदै पनि राज्य किन युवाबर्ग प्रति किन निरीह र उदासिन बनिरहेको छ? यी तमाम प्रश्नको उत्तर राज्यले खोज्न ,मनन गर्न र उचित कार्यदिशाको खाका निर्माण गर्न अत्यावश्यक छ ्र युवा बर्ग कुनै पनि रास्ट्रको सर्बोच्च पुजि हो,उनिहरुकै शक्तिको आडमा मात्र देश,दुनियाँ र समाज सबल तवरले अगाडि बड्न सक्छ चाहे त्यो विश्व युद्धताका हिटलरको पालामा होस या २१ औ शताब्दीको प्रबिधिको युगमा। नेपालले आम नागरिकले चाहेजस्तै मुलुक निर्माण गर्न नसक्नुको प्रमुख कारण नै नेपालको अस्तब्यस्त राजनिती हो हरेक सचेत युवाबर्गले नेपाली राजनितिलाइ नियाल्न र बुझ्न जरुरी छ किनकी रास्ट्रनिर्माणका हरेक खाकाहरु राजनितिक दलका प्रतिनिधिहरुको पुणर् सहभागिता र छलफलमा कोरिने गर्दछन,अहिलेको सन्दर्भमा प्लस टु सकेका आम बिध्यार्थिहरु कुनै न कुनै कतै न कतै बाट कलेजहरुमा राजनितिसग ठोक्किन्छ्न, अहिले कलेजहरुमा मात्र होइन हरेक सभा,समाहरोह, भेटघाट र चोकहरुमा नेपाली राजनितिप्रती युवाबर्गको बिशेश चासो छ । नेपाली राजनीति बृत्तमा पुस्ता हस्तान्तरणको शीर्षकले बेलाबेलामा राजनीति रङ्गमन्च हलचल भैरहेको अवस्थामा आम युवाबर्गले पनि यो बिषयलाइ बहसको शिर्षक बनाउनु कुनै अनौठो कुरा रहेन ,युवा बर्गलाइ राजनितिको मुल प्रवाहमा समाहित गर्नुपर्छ भनेर दमित र असन्तुष्ट आवाजहरुको फ्लो अत्याधिक भएतापनी लामो समयदेखी नेपाली राजनितिको बागडोर सम्हालेका तर मुलुकलाइ ठोस निकास दिन नसकेका अग्रजहरुले युवाका कुरालाइ एक कानले सुनेर अर्कोकानले उडाइदिने तिति यथार्थ हामी सामु प्रस्ट छ ्र नेपाली राजनितिको पहिलो पुस्ताले पार्टिको सल्लाहकार भएर बस्ने बेलामा अझै दल र सरकारका कमान्ड सम्हलिरहेका छन ,कुनैपनी राजनीति पार्टी रास्टृय पार्टि बन्नुमा गर्व मान्नुपर्छ त्यसका लागि अग्रज नेतृत्वको त्याग बलिदान र संघर्षको महत्वपूणर् योगदान रहेको हुन्छ,तर योगदानको कदर गर्ने भन्दैमा आफ्नो जिवनपर्यन्त नेतृत्वमा आफैलाइ मात्र खोज्नु,आफुलाइ मात्र सक्षम देख्नु ,कुर्सिको लागि आफुलाइ मात्र योग्य ठान्नु एकदमै दुखद र आत्मकेन्द्रीत सोच हो्र पार्टी एउटा जिवन्त सस्था भएकै नाताले नेताहरु सदैव पुस्ताहस्तान्तरणका लागि तयार हुनु गणतान्त्रिक पद्धति अनपाएका पार्टिहरुका लागि एकदमै सुन्दर पाटो हुन ्र युवा नेतृत्वबारे हामिले देश बिदेशका उदाहरणहरु दिएर मात्र हुदैन ती देशका सिस्टमको बारेमा बुझ्न र देशमै कार्यान्वयन गर्न जरुरी छ।

 

नेपालको बिकास अभियानमा विश्वभरिका दक्ष जनशक्तिलाई रेड कार्पेट बिछ्याउने कहिले?

आज नेपाली समाजमा युवाको अवस्था हेर्ने हो भने एकदमै दयनीय अवस्था छ,शिक्षित या अशिक्षित दुबै खालका युवाहरु पिडामा छन हामिले युवा नेतृत्वको कुरा गरिरहदा युवाहरु किन हतोत्साहित छन?,उनिहरु कस्तो मुलुक चाहान्छन ? ,उनिहरुको योग्यता क्षमता,सीप,दक्षता र अनुभवलाई कसरी अधिकतम उपयोग गर्न सकिन्छ? त्यो बारे कस्तो प्रकारको ठोस नीति ल्याउन जरुरी छ यो बारेमा नेपाललाइ लामोसमयबाट सन्चालन गर्ने नेपाल सरकार र सो सग सम्बन्धित सबैले मनन गर्न जरुरी छ।

अबको युवा पुस्ता अग्रजको अनुभव र बिज्ञको सुझावलाइ अगाल्दै समग्र रास्ट्रको नेतृत्व लिन चाहान्छ,२१ औ शताब्दिमा अरु मुलुकहरु सङै नेपाल कहाँ छ समीक्षा गरेर अगाडी बड्न चाहान्छ,राजनितिमा लाभका पद नपाइन्जेल युवा नेतृत्व भन्ने र पाएपछी चुप लागेर बस्नेहरुका विरुद्ध आवाज बुलन्द गर्न चाहान्छ,राज्यका हरेक सकारात्मक परिवर्तनको साझेदार बन्न चाहान्छ आफ्नाका लागि भजन र अरुका लागि आलोचना मात्र गर्ने प्रवृत्तिको अन्त्य गर्न चाहान्छ,पहिलो पुस्ताको नेतृत्व लिन युवा पुस्ताले चाहेको छैन,बर्तमान राजनीतिक संरचनालाइ उल्ट्याउन चाहान्छ । युवा बर्गलाइ प्राथमिकतामा राखेर कार्यान्वयनका लागि स्पस्ट द्रुस्टिकोण राजनीतिक कार्ययोजना र कार्यक्रम ,शिक्षालाइ गुणस्तरीय ,ब्यवसायिक,रोजगारमुलक शिक्षा ,बहुप्राबिधिक र बहु आयामिक शिक्षा चाहान्छ,स्वस्थ्य सामाजिक सुरक्षा चाहन्छ ।

युवा परिचालन सहभागिता र नेतृत्व बिकासबिना कुनैपनी रास्ट्रले अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन ,युवा स्वावलम्बन,सशक्तीकरण ,सहकार्य र पहलकदमीको माध्यमबाट मात्र मुलुकले दिर्घकालिन बिकास स्थापित गर्न सक्दछ यसका लागि युवाको सर्बाङिण बिकासमा राज्यको नजर पुग्न जरुरी छ । युवाको हकहितको संरक्षक र सम्बर्धक बन्दै सम्मुन्न्त मुलुक निर्माणका खातिर सक्षम नागरिक तयार गर्ने र रास्टृय बिकासको मुल प्रबाहमा समाहित गर्ने जिम्मा सरकारले लिनुपर्दछ ्र लैङ्गिक संबेदनसिलतामा आधारित अर्थपूणर् सहभागिताको माध्यमबाट नेतृत्व क्षमता बिकास गरि युवाबर्गलाइ उच्च मनोबलयुक्त सुसस्कृत र सिर्जनशिल बनाउनु आजको अपरिहार्यता हो ।

अन्ततः रास्ट्र निर्माणमा मात्र आवस्यकता छ अनुसन्धानको, सिर्जनशिलताको, नबिनताको, उद्यमशिलताको र युवाकै नेतृत्वको देशमा बिद्यमान समस्याको पहिचान गरेर त्यो समस्याको समाधानको बहस युवाबर्गले नै चलाउनुपर्छ चेतनामा आधारित बिकासको परिकल्पना युवा पुस्ताले मात्र गर्न सक्छ,यसर्थ युवाबर्ग किताबका पानाहरुमा लेखिने कणर्धार होइन,गुलिया भासणहरुमा गुन्जिने कणर्धार होइन, स्कुल र कलेजहरुमा घोकाइने कणर्धार होइन बर्तमान परिबेशलाइ मध्यनजर गर्दै आम मानिसहरुको पिडाम मलम लगाउने, समाजको बर्गिय खाडललाइ भत्काएर सबैलाइ समान रुपले बाच्न,हास्न,खान र समान सुबिधा उपभोग गर्न पाउने ब्यव्स्थाका लागि लड्दै डायनामिक ईतिहास रच्दै रास्ट्र निर्माणको साझेदार बन्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१