ब्रेकिङ न्युज:

स्वास्थ्य संकट टार्न बुटवलमा अक्सिजन बैंक !

जागरणपोस्ट २१ बैशाख २०७८, मंगलवार १५:००

नारायण वली

रुपन्देही : दिन प्रतिदिन नयाँ भेरियन्टको कोरोना भाईरसले रुपन्देहीका नागरिकको स्वास्थ्य अवस्था जटिल बन्दै गएका बेला कतिपयले अक्सिजन समेत नपाएको बेहाल अवस्थामा बुटवल उप–महानगरपालिकाले भने, मंगलवार अक्सिजन बैंक शुरु गरेको छ ।

उपमहानगर भित्र होम आइसोलेसन, होटल आइसोलेसन र उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पु¥याउने गरी अक्सिजन बैंक खोलिएको बुटवल उप–महानगरपालिकाका प्रेस संयोजक अमृत गिरीले जानकारी दिए ।

अब बुटवलमा अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता हट्ने विश्वास लिईएको छ । उक्त अक्सिजन बैंकको शुभारम्भ नगर प्रमुख शिवराज सुवेदीले गरेका छन् ।

सो अवसरमा उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा र सुरज भट्टराई लगायतले प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१