ब्रेकिङ न्युज:

मेक्सिकोमा रेल दुर्घटना, २० को मृत्यु, ७० भन्दा बढि घाईते

जागरणपोस्ट २१ बैशाख २०७८, मंगलवार १५:०३

मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् ।

घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताए । उनले गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको बताए।

शेनबाउमले भने, “कारमा च्यापिएको एक व्यक्तिलाई सकुशल उद्धार गरिएको छ भने उद्धारकर्मीहरूले ओभरपास र रेलका डब्बा हटाई फसेका व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

मृतकहरू बालबालिका तथा महिलासमेत रहेको बताउनुभएको छ ।शेनबाउमले कारमा फसेका अन्य व्यक्तिहरू जिवितै रहेको वा मृत्यु भइसकेको अझै थाह हुन नसकेको उनले बताए।

पुलको निर्माण गरेका नगरका पूर्व प्रमुख तथा विदेश मामिला मनत्री मार्सेलो इबार्डले शहरमा भएको दुर्घटनालाई भयङ्कर त्रासदीपूर्ण घटना भन्दै भने, “पक्कै पनि यसको कारण अनुसन्धान गरिनुपर्छ र दोषीको पहिचान गरिनु पर्छ ।”

मेक्सिको सिटीको रेल सेवा संसारको सबभन्दा ठूलो र व्यस्तमध्ये एक हो, आधा शताब्दी पहिले यसको उद्घाटन भएदेखि कम्तिमा दुई गम्भीर दुर्घटनाहरू भएका छन् ।

गत वर्षको मार्चमा, टाकुबाया स्टेशनमा दुई रेल बीचको टक्करमा एक यात्रीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए । त्यस्तै सन् २०१४ मा ओसिनियामा समयमै नरोकिएको एउटा रेल स्टेशनमा अर्को रेलसँग जुध्दा अर्को दुर्घटनामा भएको थियो जसमा १२ जना घाइते भएका थिए ।रासस/एपी

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१