Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

जागरणपोस्ट २४ बैशाख २०७८, शुक्रबार १०:११

काठमाडौं : बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी ६ जेठमा तोकिएको उपनिर्वाचनका लागि २१ वैशाखबाट लागू हुने गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारी दर्ता हुन लागेको हो ।

बागमतीको प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सातमध्ये पाँचवटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । त्यसमध्ये बिहीबार अबेरसम्म दुई राजनीतिक दल र अन्य दुईवटा दलका असन्तुष्ट समूह मिलेर बनेको एउटा गठबन्धनका उम्मेदवार मात्रै टुंगो लागेको छ । एमाले र नेमकिपाले उम्मेदवारी टुंग्याएका छैनन् ।

उपनिर्वाचनका लागि आयोगमा दर्ता भएका दलमध्ये कांग्रेस, माओवादी केन्द्र र एमालेको झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले संयुक्त गठबन्धन बनाएका छन् । उनीहरूले खनाल–नेपाल समूहका खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । यो गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि सामेल हुने भएको छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गठबन्धनका तर्फबाट देवकोटालाई उम्मेदवार बनाउने निश्चित भएको बताए । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री थापालाई उम्मेदवार बनाउने औपचारिक प्रस्ताव गरेका थिए । तर, थापाले जितको सुनिश्चित नहुने चुनावमा आफू नउठ्ने बताएपछि बैठकले निर्णय गर्न सकेन । माओवादीले कारबाही गरेपछि राष्ट्रिय सभामा थापाको सिट खाली भएको थियो ।

नेमकिपाले पनि शुक्रबार बिहान मात्रै उम्मेदवारको टुंगो लगाउने पार्टीका सचिव तथा प्रवक्ता प्रेम सुवालले नयाँ पत्रिकालाई जानकारी दिए । यस्तै दर्ता भएको अर्को दल राप्रपाले भने उम्मेदवारी नदिने निर्णय गरेको छ । –नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७