ब्रेकिङ न्युज:

आगलागीले वनस्पती घीउ उद्योगमा २५ करोड क्षति

सन्दीप थापा क्षेत्री २२ असार २०७६, आईतवार ०७:३०

वीरगन्ज महानगरपालिका –२१ लिपनी विर्तामा रहेको सुशील वनस्पति घीउ उद्योगमा शनिबार भएको भीषण आगलागीबाट २५ करोडभन्दा बढीको क्षति भएको छ। तोरी र सोयाबिनको तेल उत्पादन र प्रशोधन गर्दै आएको उद्योगमा शनिबार बिहान २ बजेदेखि सुरु भएको आगलागी १५ घण्टापछि नियन्त्रणमा आएको थियो।
आगलागी साँझ ५ चार बजेपछि मात्र नियन्त्रणमा आएको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए। घीउ तेलको उद्योग भएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको उनले बताए।
उद्योगमा लागेको आगो निभाउन वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगन्ज डिपोका ५ वटा वारुण यन्त्र पुगेका थिए।
पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार आगो निभाउन नेपाल प्रहरी ५२ जना, सशस्त्र प्रहरी ३५ जना र नेपाली सेना २२ जना परिचालन गरिएका थिए।
उद्योगमा बिजुलीको तार सर्ट भएर आगो लागेको उद्योगमा कार्यरत लेबर इन्चार्ज बृज यादवले बताए। आगलागीका कारण उद्योगमा २५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका प्रशाकीय अधिकृत विमल शर्माले जानकारी दिए।
आगालगीले उद्योग परिसरमा भण्डारण गरेर राखिएको करिब एक सय ५० मेट्रिक टन तोरी, करिब २० ट्रक तयारी तोरी र सोयाबिनको तेल, एक सय मेट्रिक टनभन्दा बढी तोरीको पिना र तोरी प्रशोधन र तेल प्याकिङ गर्ने प्लान्टका ६ वटा ठूला मेसिन जलेर नष्ट भएको शर्माले जानकारी दिए।
‘तयारी तेल, तोरी, पिना र मेसिनका साथै कारखानाका भवन र गोदाम सबै ध्वस्त भएको छ’, उनले भने, ‘अहिलेसम्मको प्रारम्भिक अनुमानमा २५ करोड जतिको क्षति भएको अनुमान छ। क्षतिको विवरण संकलन भइरहेकाले बढी पनि पुग्न सक्छ।
उद्योग प्रशासनले आगलागीबाट २५ करोडभन्दा बढीको क्षति भएको दाबी गरे पनि आगलागी नियन्त्रणमा खटिएको प्रहरीले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।
‘अहिले पनि तोरीका केही बोरामा लागेको आगो निभाउन बाँकी नै छ’, पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने, ‘क्षतिको विवरण संकलन भइरहेकाले कति क्षति भयो भन्नेबारे अहिले नै यकिनका साथ भन्न सकिने अवस्था छैन।
अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११