Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा

जागरणपोस्ट २५ बैशाख २०७८, शनिबार २१:१०

काठमाडौं : ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटौ मिनेटमा विराटनगरका लागि विदेशी एडिलाजा सोमिडेले गोलको प्रयास गरे पनि असफल हुनुभयो । खेलको १४ औंँ मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाए ।

ललितपुरका गोलकिपर अर्पण कार्कीले उनलाई विफल पारे । कार्कीले नै विराटनगरका सन्तोष तामाङको प्रहार सहजै रोक्न सफल भए । खेलको ३६ औंँ मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गरे । उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सकेनन् । खेलको ६३ औंँ मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको ८१ औंँ मिनेटमा कप्तान विष्टले नै दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८५ औ मिनेटमा विराटनगरका रञ्जित धिमाल रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

खेलको इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए । आजका खेलमा ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित भए । उनले रु. २५ हजार पुरस्कार प्राप्त गरे । उदीयमान खेलाडी ललितपुरकै डोना थापा चुनिए । उनले रु. १० हजार पुरस्कार प्राप्त गरे । जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचाँैं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

यसैगरी अर्को खेलमा बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो । बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गरेका हुन् । बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौंँ भिड्ने छन् । धनगढी र काठमाडौंँबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७