Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

इङ्गल्यान्ड अस्तित्त्वमा आएको त्यो भयानक युद्ध, जुन युद्ध इङ्गल्याण्डले नै बिर्सिसकेको छ

जागरणपोस्ट २६ बैशाख २०७८, आईतवार ०२:३१

बिजय ज्ञवाली//

 

यदि तपाईंलाई बेलायतको भूमीमा लडिएका लडाईंको बारेमा सोधियो भने नि:सन्देह तपाईंको प्रतिक्रिया हुनेछ हेस्टिंग्स, ब्यानकार्नबर्न, बिसवर्थ फिल्ड, एजहिल र बेलायतको लडाईं। र, साथमा तपाईंले टाँटन, फ्लोड्डन या नस्बीलाई पनि सम्झिनुहुनेछ। तर, तपाईंहरुमध्ये कमैले मात्र ब्रूनरभलाई सम्झिनुहुनेछ। हामीलाई थाहा छ भलै ब्रूनरभले बेलायतको आकारमा ठूलो योगदान नदिएको होस, तर बेलायत निर्माणमा यस युद्धको योगदान उल्लेखनिय छ।

सन ९३७ ताका इङ्गल्याण्डको ब्रुनानवरहमा यौटा भिषण लडाईं चलेको थियो जसको चर्चा क्रीश्चेडोम अवधिभर क्रोनिकल्सको रुपमा गरिएको थियो। बेलायतका कतिपय पुराना गीत, कथा कवितामा समेत उक्त लडाईंलाई भयावह रुपमा प्रस्तुत गरिएको छ। उक्त युद्धलाई यौटा भयंकर घटनाको रुपमा पनि सम्झिने गरिन्छ जुन युद्धमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो। एंङ्लो- सेक्सन आक्रमणपछिको अर्को ठूलो युद्धको रुपमा ब्रुनानवरह युद्धलाई मानिन्छ जुन युद्धमा रगतको खोलो बगेको थियो। यौटा शाषकको सनकको भरमा गरिएको उक्त युद्धमा ६/६ जना राजा र सात मन्त्रीको समेत हत्या गरिएको थियो।

ब्रुनरभ युद्ध एक विनाशकारी नरसंहारको रुपमा सम्झिने गरिन्छ। तर, त्यो युद्धलाई बेलायतको इतिहासमा यौटा महत्त्वपूर्ण मोडको रुपमा पनि लिने गरिएको छ। हेस्टिङ्ग र नार्मन बिजययुद्ध उक्त युद्धको १२९ बर्षपछि भएता पनि आज बेलायतले ब्रुनरभ युद्ध भने कहाँ र कहिले भएको भनेर पत्ता लगाऊनै सकेको छैन, समयसंगै स्थानको नाम पनि बदलिएको हुनाले बेलायत उक्त युद्धको बारेमा अझै पनि द्विविधामैं छ।

मैमेसेस्टर म्यानचेस्टर बनेको छ, स्नोटेनह्याम वकिङ्गघम बनेको छ। समयक्रमसंगै स्थानबिशेषको नाम बदलिनु स्वाभाविकै हो। तर, ब्रुनरभ युद्ध बेलायतको इतिहासमा एक अविस्मरणीय राष्ट्रिय मुद्धा भएकोले पनि बेलायतले उक्त युद्धलाई भुल्न भने हुन्थेन।

जुन स्थानमा लडाईं लडिएको थियो उसका बारेमा बिभिन्नखाले सुझाव भने दिईंदै आईएको छ। सोलवे पर्थ देखि काऊंटी डरहमसम्म, यार्कशायर देखि चेशायरसम्मको स्थानलाई ब्रुनरभ युद्ध लडिएको स्थान भनेर ईतिहासविदहरु दाबी गर्दै पनि आएका छन। हालैका दिनहरुमा पुरातत्वविदहरुले पत्ता लगाएका कतिपय पुराना हतियारका टुक्राहरुको अनुसन्धानबाट उक्त युद्ध वायरल भन्ने स्थानमा भएकोतर्फ इशारा गर्दछ। तर, पुरातात्त्विकविदहरुको अनुसन्धानले पनि बिबाद समाप्तीतर्फ पुगिनसकेको अवस्था छ। तर, पंक्तिकारसहित अन्य केहि इतिहासविद र पुरातत्वविदको टोली स्वयं युद्ध भएका भनिएका सम्भावित क्षेत्रको भ्रमणमा निस्किएका थियौं र त्यहाँका पुरातत्वविदसंगको गहन छलफलपश्चात् हामीले ब्रुनबेरह युद्धको अन्तिम स्थल पहिचान गरेका थियौं। इतिहासकार माइकल लिविंगस्टनले पनि आफ्नो कितावमा उक्त युद्धको भयानक दृष्यबारे स्पष्टरुपमा दर्शाएका छन।

इङ्गल्याण्डको वाइकिङ्ग आक्रमणका क्रममा एंग्लो- सेक्सन राजा एथेल्स्टन र ओलाफ गुथफ्रीथसन र अन्य गठवन्धनबिचको लडाईं।
तस्विर: क्रनिकल/ आलमी स्टक

 

उनको कितावमा जनाईएअनुसार एकातर्फ अंग्रेज जमात थिए भने अर्कातर्फ एलाफ नामक ब्याक्तिले नेतृत्त्व गरेको दुस्मनको गठवन्धन थियो। एलाफले आयरल्यान्डमा आफ्नो साम्राज्य निर्माण गरेको थियो, जसले आफूले आफैलाई नर्थक्याम्ब्रीजको राजा मान्दथे। यतिमात्र होईन, उनले आफूलाई वाइकिंग्स र कन्सटेन्टाइनको समेत राजा मान्दथे। उनको एकमात्र उद्देश्य थियो अंग्रेज शक्तिलाई सदाको लागि परास्त गर्नु।

दशौं शताब्दीतिर बेलायती द्विपमा ठुलै राजनैतिक उथलपुथल हुन गयो। एंगल्स र सेक्सन मिलेर ५०० बर्षदेखि अंग्रेजको कब्जामा रहिआएको ब्रीटिशलाई उनीहरुले कब्जामा लिएका थिए। ब्रीटिश कब्जापश्चात मूल ब्रीटिश अंग्रेजलाई उनीहरुले दक्षिणी स्कटल्याण्ड, उत्तरी वेल्स र कर्नबाल, पश्चिममा चेनल, दक्षिणमा ब्रीटनीमा सिमित गरिदिएका थिए।

दर्जनभन्दा बढि शाषकहरु मिलेर ब्रीटिश कब्जा गरिएको थियो, उनीहरुको एकमात्र उद्देश्य अधिक भन्दा अधिक ब्रीटिश भूमी कब्जा गरि शासन जमाऊनु रहेको थियो, जसका लागि ब्रीटिश अंग्रेजहरुसंग जस्तोसुकै लडाईं लड्न पनि उनीहरु तयार थिए। आयरल्याण्डलाई उनीहरुले आयरिश र नर्दन आयरल्याण्डमा बिभाजित गरिसकेका थिए। वेल्समा अर्का राजा थिए, तर ती राजालाई भने सुरक्षित रुपमा राजाकै स्थानमा राखी वेल्सको भूमी पनि तिनिहरुले हडपेका थिए। यता स्कटल्याण्डमा पनि अर्का राजा थिए, तर तिनिहरुलाई थाहा थियो यी राजाहरु कमजोर छन। यिनिहरुमाथी सहजै बिजय हासिल गर्न सकिन्छ। एंगल्स र सेक्सनलाई सबैभन्दा ठूलो चुनौती एथेन्सका राजा वेसेक्स थिए, किनकि वेसेक्स शक्तिशाली राजा थिए, जसले ब्रीटिशको विशाल दक्षिणी भुभाग कब्जा गरेर बसेका थिए र आफैले आफैलाई ब्रिटेनका सम्राट घोषणा गरेका थिए।

एंगल्स र सेक्सनलाई यहांनेर आएर गाह्रो पर्यो।नर्थक्राम्बियाको उत्तरी भूमी वाईकिंग क्षेत्र पनि एथेन्सका राजा वेसेक्सले कब्जा गरे भने उनी झनै शक्तिशाली हुनेछन। तसर्थ राजा वेसेक्सलाई रोक्नु एंगल्स र सेक्सनलाई ठूलो चुनौतिको बिषय थियो। उनीहरुले अर्को रणनीति अपनाए। आयरल्याण्ड र स्कटल्याण्डका राजाहरुलाई आफ्नो पक्षमा पार्ने रणनीति। यदि एथेन्सका राजालाई हराऊन नसकेको खण्डमा एंगल्स र सेक्सनको शक्ति धराशायी हुने निश्चितजस्तै थियो। विशाल ब्रिटेन कब्जा गर्ने योजना तुहिन सक्तथ्यो। यसैले उनीहरुले आयरल्याण्ड र स्कटल्याण्डका राजासंग सहकार्य गरि एथेन्सका राजासंग भिषण युद्ध गरे।यस लडाईंमा एथेन्सका राजाको नमज्जासंग हार मात्र भएन ठूलो परिणाममा जनधनको क्षति समेत हुनगयो। एंगल्स र सेक्सनले नेतृत्त्व गरेको मोर्चाले एथेन्समाथी बिजयपश्चात एथेन्सलाई ब्रूनानुरभसंग गाभेका थिए। ब्रूनारुभ नर्थक्राम्बियाको एक अभिन्न हिस्साको रुपमा समागम गराऊनमा एथेलटनका सेनाको महत्त्वपूर्ण भूमिका रह्यो।

यसरि एंगल्स र सेक्सनको ब्रिटेन कब्जा गर्ने अति महत्त्वाकांक्षी योजनाअन्तर्गत रक्तपातयुक्त अन्तिम लडाई ब्रूनारुभमा एथेन्सका राजा वेसेक्ससंग भएको थियो र यहिं युद्धपश्चात नै इङ्गल्याण्डको आकार बदलिएको थियो। इङ्गल्याण्डको जन्म भएको थियो।

 

बेर्नार्ड कर्नवेलको यो लेख  टेलीग्राफ बाट अनुवाद गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७