Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

काबुलमा शक्तिशाली बम विस्फोट, ४० को मृत्यु, मृत्यु हुनेमा ११ देखि १५ बर्षका बालबालिका बढि

जागरणपोस्ट २६ बैशाख २०७८, आईतवार ०३:०८

काबुल, एपी – अफगानिस्तानको राजधानी काबुलस्थित पश्चिमी इलाकामा छात्राहरुको स्कूलनजिकै शक्तिशाली बम विस्फोट हुँदा ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश ११ देखि १५ बर्षका बालबालिका रहेका छन जसमध्ये गर्ल्स होस्टलका छात्राहरु पनि परेको हुनसक्ने अनुमान छ।

तालीवानले उक्त हमलाको निन्दा गर्दै उक्त हमलामा आफ्नो कुनै हात नरहेको स्पष्ट पारेको छ।

अफगान गृहमन्त्रालयका प्रवक्ता तारिक आरियनले घटनाको जांच शुरु भैसकेको जनाएका छन। जुन स्थानमा बम बिष्फोट भएको छ, उक्त स्थानमा अधिकांश मात्रामा शिया मुसलमानको बस्ती रहेको हुनाले उक्त हमला आतंकी संगठन आइएसले गरेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतक्ष्यदर्शीका अनुसार लगातार तीनपटक सम्म बम बिष्फोटको आवाज आएको थियो। बिष्फोटसंगै मान्छेको चीत्कार सुनिएको थियो। भागदौड मच्चिएको थियो। बारुदको धुवांले पूरा इलाका ढाकेको थियो। जब केहि हदसम्म धुलो र धुवां हट्यो, तब उद्दारकर्मी पुग्दा सयौंका संख्यामा घाईते भएकाले मद्दतको लागि चिच्याईरहेका थिए भने कयौंका लासका टुक्रा टुक्रा भएर छरिएका थिए।

पछिल्लो समय अफगानिस्तानमा सुन्नी मुसलमानको एक कट्टरपन्थी समूहले देशमा शिया मुसलमानका बिरुद्ध युद्ध लड्ने चेतावनी दिएको थियो। आज भएको बिष्फोटमा शंकाको सूई उसै सुन्नी कट्टरपन्थी समूहतर्फ पनि जान्छ। यता अमेरिकाले भने यसप्रकारको हमलामा पूर्व आइएस समूहतर्फ इंगित गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७